एरिक्सनको स्वास्थ्य सुधार, फिनल्याण्डबिरुद्धको खेल आज नै खेलिने



डेनमार्कको फुटबल एशोसिएसनले क्रिस्टियन एरिक्सन होसमा रहेको र डेनमार्कको ठूलो मध्ये एक रहेको रिग्सहस्पिटालेटमा उपचार भइरहेको जानकारी दिएको छ ।

खेलाडीहरुलाई एरिक्सनको स्वास्थ्य अवस्था ठीक रहेका जानकारी दिएपछि फिनल्याण्डबिरुद्धको खेल आज नै खेलिने पनि एसोसिएसनले जानकारी दिएको छ । शनिबार युरो २०२० को समूह चरणको खेल अन्तरगत कोपनहेगनमा खेलिएको खेलमा टोटनह्यामका पूर्व खेलाडी पहिलो हाफमा आफै मैदानमा ढलेका थिए ।

खेलको ४२ औँ मिनेटमा साइडलाइनमा एक्ले हिँडिरहेका एरिक्सन मैदानमा लड्न पुगेका थिए । तत्कालै मेडिकल टिम पुगेर उनको उपचारको प्रयास गरेका थिए । करिब २० मिनेटसम्म एरिक्सनको मैदानमा नै उपचारको प्रयास गरेपछि उनलाई स्ट्रेचरमा राखेर मैदानबाट लगिएको थियो । मैदान छाड्दै गर्दा भने उनलाई होसमा रहेको देखिएको थियो ।

सेन्ट्रल युरोपियन टाइम अनुसार साढे आठ बजे (नेपाली समयअनुसार १२ः१५ बजे) खेल शुरु हुने यूईएफको भनाइ छ । पहिलो हाफको बाँकी चार मिनेट खेलेपछि ५ मिनेटको ब्रेक दिइनेछ र दोस्रो हाफ खेलिनेछ ।

यसअघि, एरिक्सनको अवस्था स्थिर रहेको यूईएफएले जनाएको थियो । फिनल्याण्डबिरुद्धको खेलका दौरान मैदानमा ढलेका एरिक्सनलाई अस्पताल भर्ना गरिएको र उनको अवस्था स्थिर रहेको यूईएफएको भनाइ छ । एरिक्सानलाई अस्पताल पुर्याएपछि दुवै टोलीका खेलाडी र अधिकारीहरुबीच छलफल भएको र खेल पुनः सुचारु गर्ने सहमति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।

एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको