एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भाग लिने खेलाडीलाई १० हजार भत्ता



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ आर्थिक कार्यविधि पारित गरेको छ । क्यान कार्यसमितिको बैठकले सो कार्यविधि पारित गरेको हो । दुई दशकपछि क्यानले कार्यविधिमा परिमार्जन गरेको हो ।

कार्यविधिमा खेलाडीको खेल भत्ता बढाइएको छ । खेलाडीले एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा १० हजार रुपैयाँ भत्ता पाउने छन् । यसअघि टी २० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा पाँच हजार रुपैयाँ भत्ता पाइन्थ्यो । यस्तै महिला खेलाडीले एक दिवसीय प्रतियोगिताको पाँच हजार र टी २० प्रतियोगितामा तीन हजार पाउनेछन् ।

खेलाडीले बन्द प्रशिक्षणमा दैनिक पाँच सय भत्ता पाउने कार्यविधिमा व्यवस्था गरिएको छ । घरेलु प्रतियोगिता हुँदा खेलाडीले पाँच सय भत्ता पाउने क्यानले जनाएको छ । क्यानले कोषाध्यक्ष रोशन सिंहका संयोजकत्वमा तीन सदस्यीय आर्थिक कार्यविधि तयार समिति गठन गरेको थियो । समितिका सदस्यमा दुर्गाराज पाठक र माधव कर्माचार्य रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खेलकुदका माध्यमबाट नेपाल–चीन सम्बन्ध अझ प्रगाढ हुँदै, पोखरामा ‘क्रस कन्ट्री दौड’सहितका विविध कार्यक्रम हुँदै

गण्डकी । हिमालयन टुरिजम फोरमको आयोजनामा यही कात्तिक २४ गते पर्यटन राजधानी पोखरामा

एसी मिलानसँग रियल मड्रिड पराजित

काठमाडौं । युईएफए च्याम्पियन्स लिगमा साविक विजेता रियल मड्रिड पराजित भएको छ ।

वाइवाइ यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस र कर्णाली विजयी

  विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाइवाइ पुरुष यु–१९ राष्ट्रिय क्रिकेट

गोल्डेन ड्रागन च्याम्पियनसिपको १५औँ संस्करणमा सहभागी हुन भूपेन्द्र गुरुङ क्यालिफोर्निया जाने

  काठमाडौँ । गोल्डेन ड्रागन च्याम्पियनसिपको १५औँ संस्करणमा सहभागी हुन भूपेन्द्र गुरुङ अमेरिकाको