म्यानचेस्टर,आर्सनल र रोमा युरोपा लिगको क्वार्टरफाईनलमा प्रवेश



म्यानचेष्टर युनाईटेड, आर्सनल, रोमा र आयाक्स युरोपा लिग फुटबलको क्वार्टरफाईनलमा प्रबेश गरेका छन् । अन्तिम १६ को दोस्रो लेगमा एसी मिलानलाई १–० ले हराउदै म्यान युनाईटेडले समग्रमा २–१ को नतिजासंगै अन्तिम आठमा स्थान बनाएको हो ।

मिलानको मैदानमा युनाईटेडलाई जित दिलाउन खेलको ४८ औ मिनेटमा पउल पोग्वाले गरेको एक मात्र गोल निर्णायक बन्यो । युनाईटेडको मैदानमा भएको पहिलो लेग एक एक गोलको बराबरीमा सकिएको थियो ।

दोस्रो लेगमा ओलम्पियाकोससंग १–० ले पराजित भएपनि आर्सनल समग्रमा ३–२ ले हराउदै क्वार्टरफाईनलमा प्रबेश गरेको छ । पहिलो लेगमा निकालेको ३–१ को नतिजाले आर्सनलको अन्तिम आठ यात्रा संभव भएको हो ।

साख्तार डोनेत्स्कलाई २–१ ले हराउदै रोमाले समग्रमा ५–१ को नतिजा आत्मसात गर्यो । अन्य खेलहरुमा जित निकाल्दै स्लाभिया प्राग, भियारियल र आयाक्स अघिल्लो चरणमा प्रबेश गरेका छन् ।

दोस्रो लेगमा मोल्डेसंग २–१ ले पराजित भएपनि ग्रानाडा समग्रमा ३–२ को नतिजा निकाल्दै क्वार्टरफाईनलमा प्रबेश गर्यो । दोस्रो लेगमा टटनह्यामबिरुद्ध ३–० को फराकिलो जित निकाल्दै डाईनामो जाग्रेभले ३–२ को पुनरागमन नतिजा हात पार्यो । पहिलो लेगमा टटनह्याम २–० ले विजयी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनपीएल विजेतालाई राष्ट्रपतिको बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि

दीपेन्द्रले पाए ओमोडाको कार

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) मा सर्वोत्कृष्ट नेपाली खेलाडी हुँदै सुदूरपश्चिम रोयल्सका कप्तान

महिला यु–१९ विश्वकप खेल्ने टोलीको बन्द प्रशिक्षण गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने

चितवन । मलेसियामा आगामी जनवरीमा हुने महिला यु–१९ विश्वकपका लागि नेपाली टोलीको बन्द

पहिलो संस्करणको एनपीएलको उपाधि जनकपुर बोल्ट्सलाई

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले