नेपालले खेल्ने विश्वकप छनोटका खेल कुवेतमा हुने



काठमाडौं । फिफा विश्वकप छनोट र एसियन कप छनोटअन्तर्गत नेपालले खेल्ने छनोट खेल कुवेतमा हुने भएको छ । छनोटअन्तर्गत नेपालले खेल्न बाँकी रहेका तीन खेल कुवेतमा हुने एसियाली फुटबल महासङ्घ (एएफसी)ले जनाएको छ ।

विश्वकप छनोटअन्तर्गत समुह बी का बाँकी खेल कुवेतमा हुने भएको हो । कोरोना भाइरसको महामारीका कारण चाइनीज ताइपेइ र अष्ट्रेलियाले आउन मनाही गरेपछि दशरथ रङ्गशालामा हुने भनिएका खेल स्थगित भएका थिए ।

छनोटका बाँकी खेल मे ३१ देखि जुन १५ तारिखसम्म हुनेछन् । प्रतियोगितामा नेपालले चाइनीज ताइपेइ, अष्ट्रेलिया र जोर्डनसँग खेल्न बाँकी छ । समूह ‘बी’ मा रहेको नेपालले हालसम्म पाँच खेलबाट तीन अङ्क जोडेको छ । चाइनीज ताइपेइलाई हराएको नेपाल चौथो स्थानमा छ । समूह बी को शीर्ष स्थानमा अष्ट्रेलिया छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तयार भयो सहिदस्मृति रङ्गशाला

हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा सहिदस्मृति रङ्गशाला निर्माण सम्पन्न भएको छ । पालिकाको

प्रधानमन्त्री कप महिला क्रिकेटको उद्घाटन खेलमा सुदूरपश्चिम विजयी

  बैतडी  प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता मंगलबारदेखि धनगढीमा सुरू भएको

सुकुटेमा ‘बिच भलिबल’ प्रतियोगिता

सिन्धुपाल्चोक । मंगलबारदेखि सिन्धुपाल्चोकस्थित पर्यटकीय क्षेत्र सुकुटेमा सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय

बागमती गोल्डकप फुटबल फागुनमा

हेटौँडा। सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी फागुनमा हुने भएको छ।