प्रिमियर लिगमा म्यानचेष्टर सिटी युनाईटेडसंग पराजित



प्रिमियर लिग लिडर म्यानचेष्टर सिटीको २१ खेल लामो अपराजित यात्रामा पुर्णबिराम लागेको छ । २८ औ चरणको खेलमा सिटी शहरी प्रतिद्धन्दी म्यानचेष्टर युनाईटेडसंग २–० ले पराजित भएको हो ।

सिटीको मैदान ईतिहाद स्टेडियममा युनाईटेडलाई जिताउन बुर्नो फर्नाण्डेज र लुक सँ ले गोल गरे । दोस्रो मिनेटमै फर्नाण्डेजले पेनाल्टिमा गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए । ५० औ मिनेटमा सँ ले मार्कुस रासफोर्डको पासमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । युनाईटेडमाथी केहि दबाव बनाएपछि सिटीले पाएका अवसर खेर फाल्दा हार भोग्न बाध्य भयो । यो संगै सिटीको २१ खेल लामो अपराजित यात्रामा पुर्णबिराम लागेको छ । यद्यपी सिटी तालिकाको शीर्ष स्थानमा कायम छ । २८ खेलबाट उसको ६५ अंक भएको छ ।

यो जितले युनाईटेडलाई ५४ अंकमा तालिकाको दोस्रो स्थानमा पुर्याएको छ । गएराती नै फुल्ह्यामले लिभरपुलाई १–० गोल अन्तरले स्तब्ध पार्यो । यो जितले फुल्ह्यामलाई रेलिगेशन क्षेत्रबाट माथी उठ्न बल पुर्याएको छ ।

टटनह्यामले क्रिष्टल प्यालेसलाई ४–१ गोल अन्तरले स्तब्ध पार्यो । यो जितले टटनह्यामलाई ४५ अंकमा तालिकाको छैठौ स्थानमा पुर्याएको छ । गएराती नै वेष्टब्रोम र न्यु क्यासल युनाईटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक खेलअघि नै वेस्ट इन्डिज ‘ए’ द्वारा टी–२० सिरिज कब्जा

  काठमाडौँ । नेपालसँगको टी–ट्वान्टी शृङ्खलाको उपाधि वेस्ट इन्डिज ‘ए’ले जितेको छ ।

वेस्ट इन्डिजले नेपाललाई दियो विशाल विजयी लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ ।

टस जितेर वेस्ट इन्डिजले ब्याटिङ गर्ने

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको

नेपालले एआइपीएस एसियाको कंग्रेस आयोजना गर्ने

काठमाडौं । एसियाली खेलकुद पत्रकार महासंघ (एआइपीएस एसिया) को २५ औं कंग्रेस आगामी