प्रधानसेनापति खुला म्याराथनको उपाधि सेनाका बस्नेतलाई



काठमाडौं । प्रधानसेनापति छैटौँ खुला म्याराथन दौड, २०७७ को उपाधि नेपाली सेनाका जमदार कृष्णबहादुर बस्नेतले जितको छन् । उनले ४२ दशमलव १९५ किलोमिटर फुल म्याराथन दौड दुई घण्टा २१ मिनेट ५९ सेकेण्डमा पूरा गर्दै उपाधि जितेका हुन् ।

सोही स्पर्धामा भारतीय सेनाका तीर्थकुमार पुन दोस्रो भए । उनले निर्धारित दूरी दुई घण्टा २२ मिनेट २७ सेकेण्डमा पूरा गरे । सेनाका सुवेदार होमलाल श्रेष्ठ तृतीय भए । उनले निर्धारित दूरी दुई घण्टा २३ मिनेट ३२ सेकेण्डमा पूरा गरे । पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः तीन लाख, दुई लाख र एक लाख नगद पुरस्कार प्राप्त गरे ।

उनीहरुलाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रमाणपत्र, ट्रफी र नगद प्रदान गरे । उपाधि विजेता बस्नेतले यमाहा कम्पनीको एक थान मोटरसाइकलसमेत पुरस्कारस्वरुप प्राप्त गरे । सो पुरस्कारको प्रायोजन मेगा बैंकले गरेको हो ।

फुल म्याराथनतर्फ खगेन्द्र भाटले चौथो, नवराज साउदले पाँचौँ, ज्ञानप्रसाद भट्टराईले छैटौँ, देवराज महतराले सातौँ, सागर बुढाथोकीले आठौँ, रमेश मगरातीले नवौँ तथा प्रेम बस्नेतले १०औँ स्थान प्राप्त गरे ।

यसैगरी हाफ म्याराथनको पुरुषतर्फ नेपाली सेनाका राजेन्द्र राई पहिलो भए । उनले २१ किलोमिटर दौड एक घण्टा ६ मिनेट ३० सेकेण्डमा पूरा गरे । यस्तै सेनाकै राजन रोकाय एक घण्टा सात मिनेट ११ सेकेण्डमा उक्त दूरी पूरा गर्दै दोस्रो तथा सेनाका नरेन्द्र रावलले एक घण्टा आठ मिनेट ४८ सेकेण्डमा दूरी पूरा गर्दै तेस्रो भए । उनीहरुले क्रमशः ७५ हजार, ५० हजार तथा ३५ हजार नगद पुरस्कार प्राप्त गरे । सो पुरस्कारको प्रायोजन एनआइसी एशिया बैंकले गरेको हो ।

यस्तै हाफ म्याराथन महिलातर्फको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबकी पुष्पा भण्डारीले जितिन् । उनले निर्धारित दूरी एक घण्टा १७ मिनेट ३३ सेकेण्डमा पूरा गरिन् । यस्तै नेपाली सेनाकी विश्वरुपा बुढा एक घण्टा २० मिनेट ९ सेकेण्डमा दूरी पूरा गर्दै दोस्रो तथा एपिएफ क्लबकै विन्द्रा धन्के श्रेष्ठ एक घण्टा २४ मिनेट ४६ सेकेण्डमा दूरी पूरा गर्दै तेस्रो भए । उनीहरुले क्रमशः ७५ हजार, ५० हजार र ३५ हजार पुरस्कार प्राप्त गरे ।

उक्त पुरस्कारको प्रायोजन ग्लोबल आइएमईले प्रायोजन गरेको हो । उपाधि विजेता भण्डारीलाई एक थान स्कुटरसमेत पुरस्कारस्वरुप प्राप्त भयो ।

यस्तै १० किलोमिटर दौडमा सैनिक अधिकृत महिलातर्फ चण्डीदल गणकी उपसेनानी दुर्गा केसी ४९ मिनेट २९ दशमलव ४५ सेकेण्डका साथ पहिलो, नं १ विपत् व्यवस्थापन गणकी सहसेनानी चन्द्रा बानियाँ ५१ मिनेट २७ दशमलव ३१ सकेण्डका साथ दोस्रो तथा हवाई सुरक्षा तालीम शिक्षालयकी सहसेनानी देवी पुन ५१ मिनेट ५६ दशमलव २८ सकेण्डका साथ तेस्रो भइन् ।

यसैगरी १० किलोमिटर दौड सैनिक अधिकृत पुरुषतर्फ नं १६ बाहिनी जगदल गणका सहसेनानी दिशान्त विष्ट ३८ मिनेट १२ दशमलव ०३ सेकेण्डका साथ पहिलो, इन्द्रबक्स गणका सहसेनानी डम्बर बुढा ३८ मिनेट ४१ दशमलव ०६ सेकेण्डका साथ दोस्रो तथा युद्धकवच गणका उपसेनानी विशालचन्द्र बाजी ३८ मिनेट ५९ दशमलव ०१ सकेण्डका साथ तेस्रो भए । उनीहरुले क्रमशः १० हजार, सात हजार तथा पाँच हजार पुरस्कार प्राप्त गरे ।

दश किलोमिटर दौड गैर सैनिक पुरुषतर्फ सुमन न्यौपाने ३३ मिनेट २३ दशमलव ९१ सकेण्डका साथ पहिलो, दिनेश बोगटी ३३ मिनेट ४१ दशमलव ७६ सेकेण्डका साथ दोस्रो तथा महेन्द्र बराल ३७ मिनेट ३० दशमलव १४ सकेण्डका साथ तेस्रो भए । दश किलोमिटर गैर सैनिक महिलातर्फ सरस्वती बोहरा ४२ मिनेट ४१ दशमलव ३२ सेकेण्डका साथ पहिलो, बन्दना राई ४३ मिनेट ४३ दशमलव ५२ सेकेण्डका साथ दोस्रो तथा सचिना सुनुवार ४५ मिनेट सात दशमलव ३० सकेण्डका साथ तेस्रो भए।

पाँच किलोमिटर दौड विद्यालय छात्रतर्फ विश्वराम कुँवर १८ मिनेट १० दशमलव २३ सेकेण्डका साथ पहिलो, विमलविक्रम थापा १९ मिनेट ५१ दशमलव २५ सेकेण्डका साथ दोस्रो तथा अनिलकुमार बुढा २० मिनेट २६ दशमलव ३० सेकेण्डका साथ तेस्रो भए ।

यस्तै पाँच किलोमिटर दौड छात्रातर्फ सदीक्षा कार्की २६ मिनेट ११ दशमलव ६४ सेकेण्डका साथ पहिलो, स्वेच्छा बलामीमगर २६ मिनेट ४२ दशमलव ३२ सेकेण्डका साथ दोस्रो तथा मिना डाँगी २७ मिनेट १७ दशमलव २१ सेकेण्डका साथ तेस्रो भए । उनीहरुले क्रमशः १० हजार, सात हजार तथा पाँच हजार पुरस्कार प्राप्त गरे ।

यसैगरी २१ किलोमिटर भेट्रान्सतर्फ धर्म महर्जन एक घण्टा १४ मिनेट २९ सेकेण्डका साथ पहिलो, भीम गुरुङ एक घण्टा २७ मिनेट २० सेकेण्डका साथ दोस्रो तथा भीमसेन अवाले एक घण्टा २७ मिनेट ३१ सेकेण्डका साथ तेस्रो भए ।

उनीहरुले क्रमशः ५० हजार, ३५ हजार र २५ हजार पुरस्कार प्राप्त गरे । उनीहरुलाई प्रधानसेनापति थापा, राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाललगायतले प्रमाणपत्र, ट्रफी तथा नगद पुरस्कार प्रदान गरेका थिए । सेनाको मुख्यालय जङ्गीअड्डाबाट शुरू भएको म्याराथन थापाथली, माइतीघर, नयाँ बानेश्वर, कोटेश्वर, जगाति, सानोठिमी, पेप्सिकोला हुँदै विमानस्थल, गौशाला, चाबहिल, महाराजगञ्ज, लैनचौर, घण्टाघर हुँदै भद्रकालीमा आएर सकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तयार भयो सहिदस्मृति रङ्गशाला

हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा सहिदस्मृति रङ्गशाला निर्माण सम्पन्न भएको छ । पालिकाको

प्रधानमन्त्री कप महिला क्रिकेटको उद्घाटन खेलमा सुदूरपश्चिम विजयी

  बैतडी  प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता मंगलबारदेखि धनगढीमा सुरू भएको

सुकुटेमा ‘बिच भलिबल’ प्रतियोगिता

सिन्धुपाल्चोक । मंगलबारदेखि सिन्धुपाल्चोकस्थित पर्यटकीय क्षेत्र सुकुटेमा सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय

बागमती गोल्डकप फुटबल फागुनमा

हेटौँडा। सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी फागुनमा हुने भएको छ।