प्रिमियर लिगमा चेल्सी, टटनह्याम र एभर्टनको जित



ईङलिश प्रिमियर लिग फुटबलको पछिल्ला खेलमा चेल्सी, टटनह्याम र एभर्टन विजयी भएका छन् । तीनै टोलीले आ आफ्ना प्रतिद्धन्दीलाई समान एक शुन्यले पराजित गरे ।

साविक विजेता लिभरपुललाई उसैको मैदानमा हराउदै चेल्सी तालिकाको चौथो स्थानमा उक्लिएको छ । एन्फिल्डमा चेल्सीलाई संर्घषपुर्ण जित दिलाउन खेलको ४२ औ मिनेटमा मासन माउण्टले गरेको गोल निर्णायक बन्यो ।

चेल्सीमाथी केहि दबाव बनाएपनि लिभरपुलका केहि अवसर खेर गएका थिए । बल पोजिशनमा पछि परेपछि चेल्सीले लिभरपुलको पोष्टमा लगातार आक्रमण गरेको थियो । २७ खेलबाट चेल्सी ४७ अंकमा तालिकाको चौथो स्थानमा पुगेको हो ।

फुल्ह्यामलाई हराएको टटनह्याम ४२ अंकमा तालिकाको सातौ स्थानमा छ । टटनह्यामलाई महत्वपुर्ण जित दिलाउन खेलको १९ औ मिनेटमा पाएको उपहार गोल नै पर्याप्त बन्यो । वेष्टब्रोमलाई हराएको एभर्टन शीर्ष पाँचमा पुगेको छ । वेष्टब्रोमको मैदानमा एभर्टनलाई जिताउन ६५ औ मिनेटमा रिचार्लीसनले गरेको एकमात्र गोल निर्णायक बन्यो । एभर्टन २६ खेलबाट ४६ अंकमा तालिकाको पाँचौ स्थानमा पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ईन्टरलाई हराउदै युभेन्टस शीर्ष चारमा,एटलान्टाको रोमाञ्चक जित

इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्टसले लिग च्याम्पियन इन्टर मिलानलाई पराजित गरेको छ ।

लेस्टरले उचाल्याे पहिलाे एफ ए कपकाे उपाधि

चेल्सीलाई हराउँदै लेष्टर सिटीले यस वर्षको एफ।ए कप फुटबलको उपाधि जितेको छ ।गएराति

काठमाडौं रेजर्सलाई एनएसएलको उपाधि

काठमाडौं । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को उपाधि काठमाडौं रेजर्सले जितेको छ

गण्डकी प्रदेश खेलकूद परिषद्को लोगो सार्वजनिक

गण्डकी । प्रदेश खेलकूद परिषद् गण्डकीले आफ्नो लोगो सार्वजनिकसँगै रणनीतिक कार्य योजना तय