शहीद स्मारक ‘बी’ डिभिजन लिगमा खुमलटार र ब्वाइज युनियन विजयी



काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत आइतबार भएका खेलमा खुमलटार युथ क्लब र ब्वाइज युनियन क्लब आआफ्नो खेलमा विजयी भएका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा खुमलटारले झम्सिखेल युथ क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो । खुमलटारका लागि महेश राईले निर्णायक गोल गरेका हुन् । उनले खेलको तेस्रो मिनेटमा नै गोल गरे ।

जितसँगै खुमलटारले आठ खेलमा १९ अङ्क जोडेको छ । खुमलटारले शीर्ष स्थानमा रहेको सातदोबाटोसँग बराबरी गरेको छ । यस्तै आठ खेलमा ६ अङ्क जोडेको झम्सिखेल लिगको दशौँ स्थानमा छ । लिगको आज भएको अर्को खेलमा ब्वाइज युनियन क्लबले नयाँबस्ती युवा क्लबलाई ३–० गोल अन्तरले पराजित गर्यो । एन्फा कम्प्लेक्सको मैदानमा भएको उक्त खेलमा ब्वाइजका लागि मिलन लिम्बूले ह्याटिक गरे । उनले खेलको २१औँ मिनेटमा पहिलो गोल गरेका थिए । यस्तै पहिलो हाफको इन्जुरी समयमा उनले दोस्रो गोल गरे भने खेलको ५७औँ मिनेटमा तेस्रो गोल गरे ।

नयाँबस्तीका खेलाडीले गोल फर्काउन सकेनन् । जितसँगै ब्वाइजले आठ खेलमा १४ अङ्क जोडेको छ । ब्वाइज लिगको चौथो स्थानमा उक्लेको छ । यस्तै नयाँबस्ती आठ खेलमा ११ अङ्क जोड्दै लिगको पाँचौँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालका धावक दीक्षित छनोट

काठमाडौँ । विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका कुशल दीक्षित

एसीसी प्रिमियर कपको फाइनलमा पुग्न नेपाल असफल, यूएईसँग पराजित

  काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो

यूएईलाई नेपालले दियो १२० रनको सामान्य लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले यूएईलाई १२० रनको लक्ष्य

टस हारेर नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत युएईविरुद्ध हुने पहिलो सेमिफाइनल खेलमा नेपालले टस हारेको