च्याम्पियन्स लिगमा एटलान्टाबिरुद्ध रियलको संघर्षपुर्ण जित



रियल मड्रिडले च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा संर्घषपुर्ण जित निकालेको छ । गएराती भएको अन्तिम १६ को पहिलो लेगमा १० खेलाडीमा सिमित एटलान्टालाई १–० ले हराउदै रियलले क्वार्टफाईनल प्रबेशको संभावना बलियो बनाएको हो ।

इटालीको बेर्गामोस्थित गेविस स्टेडियममा रियलका लागि फेर्लान मेन्डीले खेलको अन्तिम समयमा गरेको गोल निर्णायक बन्यो । खेलको १७ औ मिनेटमा एटलान्टाका रेमो रुलर रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि खेलको सुरुवातमै एटलान्टा १० खेलाडीमा सिमित बनेको थियो ।

रियलले र एटलान्टाले पहिलोपटक एक–अर्काको सामना गरेका हुन् । जितसँगै रियलले क्वार्टरफाइनल यात्रा सहज बनाएको छ । यी दुई टोलीबिचको दोस्रो लेगको खेल रियलको मैदानमा १६ मार्चमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।

एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको