आइपीएलमा कोलकत्ताको दोस्रो जित



इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले दोस्रो जित निकालेको छ । दुबईमा जारी १३ औं संकरणको गएराति भएको खेलमा राजस्थान रोयल्सलाई ३७ रनले पराजित गर्दै कोलकत्ताले दोस्रो जित निकालेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ७४ रन बनायो । राजस्थानका टम करनले ५४ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । राजस्थानलाई सस्तैमा रोक्न कोलकत्ताका भरुण चक्रवर्ती, शिवम माभी र कमलेस नगरकोटीले २–२ विकेट लिए ।

यसअघि कोलकत्ताका लागि शुबमन गिलले ४७ रन जोड्दा आन्द्रे रसेलले २४ रन जोडे । नितेश रानाले २२ तथा सुनिल नारिनले १५ रन बनाए । इयान मोर्गनले अविजित रहँदै ३४ रन जोड्दा पाट कुमिन्सले १२ रन बनाएर आउट भए ।

जितसँगै कोलकत्ताले ३ खेलमा ४ अंक जोडेको छ । कोलकत्ता लिगको दोस्रो स्थानमा समेत उक्लिएको छ । कोलकत्ताले अघिल्ला दुई खेलमा एक जित र एक हार व्यहोरेको थियो । कोलकत्ता पहिलो खेलमा मुम्बई इण्डियन्ससँग ४९ रनले पराजित भएको थियो । दोस्रो खेलमा भने कोलकत्ताले सनराइजर्स हैदराबादलाई ७ विकेटले हराएको थियो ।

अघिल्ला दुई खेलमा अपराजित रहेको राजस्थानको यो पहिलो हार हो । तेस्रो स्थानमा रहेको राजस्थानले ३ खेलमा ४ अंक जोडेको छ । राजस्थानले पहिलो खेलमा चेन्नई सुपर किङ्सलाई १६ रनले हराएको थियो । यस्तै दोस्रो खेलमा किङ्स इलाभेन पन्जाबलाई ४ विकेटले हराएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी–२० सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ नेपालसँग ६ विकेटले पराजित

काठमाडौं । टी–२० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित

नेपाललाई वेस्ट इन्डिज ‘ए’ ले दियो १७३ रनको लक्ष्य

काठमाडौं । काठमाडौंमा जारी पाँच खेलको टी–२० श्रृंखलाको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको पाँचौँ तथा अन्तिम खेलमा नेपालले

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज

काठमाडौँ । नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको ट्वेन्टी–२० शृङ्खलाको अन्तिम खेल आज