आइपिएलमा मुम्बई इन्डियन्सको पहिलो जित



इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ । यो सिजनको उद्घाटन खेलमा चेन्नई सुपर किंग्ससँग हारेको मुम्बईले बुधबार राति भएको आफ्नो दोस्रो खेलमा कोलकाता नाइट राइडर्सलाई ४९ रनले हरायो ।

आबुधाबी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित् २० ओभरमा ५ विकेट गुमाएर १९५ रन बनाएको थियो । उसका लागि कप्तान रोहित शर्माले ८० रन तथा सूर्यकुमार यादवले ४७ रन बनाए ।

कोलकताका शिवम माभीले २ विकेट लिए । जवाफमा १९६ रनको विजय लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ९ विकेट गुमाउँदै १४६ रनमात्र बनाउन सक्यो ।

आईपीएल क्रिकेटमा बिहीबार राति किंग्स इलेभेन पन्जाब र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालले एआइपीएस एसियाको कंग्रेस आयोजना गर्ने

काठमाडौं । एसियाली खेलकुद पत्रकार महासंघ (एआइपीएस एसिया) को २५ औं कंग्रेस आगामी

टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा

काठमाडौं । नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि

नेपाल वेस्टइन्डिज ‘ए’ सँग पराजित

काठमाडौं । काठमाडौंमा जारी पाँच खेलको टि–२० श्रृंखलाको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज

वेस्टइन्डिज ‘ए’ले नेपाललाई दियो २२८ रनको लक्ष्य

काठमाडौं । काठमाडौंमा जारी पाँच खेलको टी–२० शृंखलाको तेस्रो खेल जित्न नेपाललाई वेस्ट