क्यानद्वारा मंसिरमा महिला र पुरुषको राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने तयारी



नेपाल क्रिकेट संघ (क्यान)ले मंसिरमा महिला र पुरुषको राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने तयारी भएको छ । चितवनमा बसेको क्यानको बोर्ड बैठकले राष्ट्रिय खेलकुद परिषद (राखेप)सँग समन्वय गरी मंसिरमा महिला र पुरुषको राष्ट्रिय प्रतियोगिता (पीएम कप) गर्ने निर्णय भएको हो ।

मंगलबार चितवनको एक होटलमा बसेको बोर्ड बैठकले विभिन्न ९ वटा निर्णय गरेको छ । जसमा यही असोज २८ गते क्यानको साधारण सभा गर्ने निर्णयसमेत भएको छ । क्यान अध्यक्ष चतुर बहादुर चन्दका अनुसार साधारण सभा भर्चुअल माध्यमबाट गरिने र सम्भव भए शारीरिक उपस्थित भएर गरिने छ । यस्तै महिला र पुरुषको २०२० को केन्द्रीय सम्झौताको सूची सार्वजनिक गरिएको छ । यसैगरी क्यानको २०७१÷०७२ देखि २०७५÷०७६ सम्मको अडिट रिपोर्ट पनि बैठकले पास गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक खेलअघि नै वेस्ट इन्डिज ‘ए’ द्वारा टी–२० सिरिज कब्जा

  काठमाडौँ । नेपालसँगको टी–ट्वान्टी शृङ्खलाको उपाधि वेस्ट इन्डिज ‘ए’ले जितेको छ ।

वेस्ट इन्डिजले नेपाललाई दियो विशाल विजयी लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ ।

टस जितेर वेस्ट इन्डिजले ब्याटिङ गर्ने

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको

नेपालले एआइपीएस एसियाको कंग्रेस आयोजना गर्ने

काठमाडौं । एसियाली खेलकुद पत्रकार महासंघ (एआइपीएस एसिया) को २५ औं कंग्रेस आगामी