आइपिएलमा दिल्ली क्यापिटल्सको विजयी सुरुवात



इण्डीयन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले विजयी सुरुवात गरेको छ ।युएईको दुबईमा गएराति भएको खेलमा दिल्लीले किंग्स इलभेन पञ्जावलाई सुपर ओभरमा पराजित गरेको छ ।

खेलमा दिल्ली क्यापिटल्सले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनायो । उसका लागि मार्कस स्टोईनिसले सर्वाधिक ५३ रन जोड्दा पन्जावका मोहोमद शामीले ३ विकेट लिए ।

जवाफमा १ सय ५८ रनको लक्ष्य पछ्याएको पञ्जावले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन मात्रै बनाएपछि खेल सुपर ओभरमा पुग्यो । पन्जावका मायांक अग्रवालले ६० बलमा ८९ रन जोडेपनि टोलीलाई जिताउन सकेनन् ।

सुपर ओभरमा पन्जावले २ रन मात्रै जोड्दा २ विकेट गुमाएपछि दिल्लीले ३ रनको सामान्य लक्ष्य पाएको हो । आईपिएल क्रिकेटमा आज राति सनराईजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रथम ‘झापा–१ काठमाडौं कप फुटसल’को उपाधि मेचीनगरलाई

काठमाडौं । प्रथम झापा–१ काठमाडौं कप फुटसल प्रतियोगिताको उपाधि साबिक मेचीनगरले जितेको छ

अफगानिस्तानमाथि नेपालको जित

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ । शनिबार राति

विश्व म्याराथन मञ्चमा नेपालको दाबेदारी

काठमाडौं ।  विश्व म्याराथन मञ्चमा नेपालकाे दाबेदारी प्रभावशाली देखिएको छ । यद्यपि १८

पोर्चुगलद्वारा पोल्यान्ड ५–१ ले पराजित

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले पोर्चुगलले पोल्यान्डलाई ५–१ ले हराएको छ