फुटबलमा भौतिक दूरी कायम गर्दा ३७ गोल



जर्मनीको एउटा फुटबल टोलीले स्थानीय प्रतिद्वन्द्वीसँगको खेलमा भौतिक दूरी कायम गर्दा ३७ गोलले पराजित भएको छ । रिपडोर्फ नामक क्लबले जम्मा सातजना खेलाडीमात्र मैदानमा उतारेको थियो । ती खेलाडी मैदानमा उत्रिएर बललाई हानेपछि मैदानको छेउतिर लागे ।

प्रतिद्वन्द्वी क्लब एसभी होल्डेन्स्टेडका खेलाडीहरू अघिल्लो खेलमा कोभिड १९ बाट सङ्क्रमितको सम्पर्कमा परेका थिए । उनीहरूको टोलीको जाँच गर्दा नतीजा नेगेटिभ आएको थियो तर रिपडोर्फ क्लबले उनीहरूसँगको खेल सुरक्षित ठानेन ।

तर यदि उनीहरूले खेल नखेलेको भए २ सय युरोको जरिबाना तिर्नु पथ्र्यो । उनीहरूले खेल पछि सार्नका निम्ति गरेको अनुरोधलाई स्थानीय सङ्घले अस्वीकार गरिदियो । सो खेल जर्मन फुटबल लिगको ११औँ तहको प्रतियोगिता अन्तर्गतको हो ।

सुरक्षित हुनाका लागि आवश्यक १४ दिनको अवधि नकटेको हुनाले रिपडोर्फले होल्डेन्स्टेडसँग खेल्न चाहेन । होल्डेन्स्टेडले पनि आफ्ना वैकल्पिक खेलाडीहरूमात्र उतार्यो । तीमध्ये एकजनाले खेलको सुरूमा मैदानमा गएर बल प्रतिद्वन्द्वीका खेलाडीतर्फ हिर्काए ।

त्यसपछि सबै सातजना खेलाडी मैदानको छेउतिर लागे अनि खेलमा सहभागी भएनन् । तर होल्डेन्स्टेडले मौका खेर फालेन। प्रत्येक दुईदेखि तीन मिनेटमा एक गोल गरिरह्यो । अन्ततः रिपडोर्फ शून्यका विरुद्ध ३७ गोलले पराजित भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लोकेश बमको आक्रामक शतक जितका लागि अपर्याप्त, आयरल्याण्ड ए सँग नेपाल पराजित

काठमाडौं । लोकेश बमको कीर्तिमानी शतकमा आयरल्यान्ड ए विरुद्धको पहिलो खेलमा नेपाल ए

आयरल्यान्डद्वारा नेपाल ए लाई २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्यान्ड ए विरुद्धको तीन खेलको टी२० सिरिजको पहिलो खेलमा नेपाल ए

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको

विराट गोल्डकपमा भुटानको विजयी सुरुवात

मोरङ । विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन ‘विराट गोल्डकप