यु–१६ राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान लिम्बूलाई छात्रवृत्ति



काठमाडौं । नेपाली यु–१६ राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान जान लिम्बूलाई मनास्लु वल्र्ड कलेजले १०ं जोड दुई अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ । काठमाडौँको चुच्चेपाटीमा रहेको मनास्लु कलेजले व्यवस्थापन सङ्कायमा अध्ययनका लागि लिम्बूलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको हो ।

मनास्लु कलेजका अध्यक्ष गेन्द्र लामा, व्यवस्थापक कुमार मोक्तान, कलेजका प्रिन्सिपल राजन श्रेष्ठ र कप्तान लिम्बूबीच सोसम्बन्धी सम्झौतापत्रमा मङ्गलबार हस्ताक्षर भएको हो । यसै शैक्षिक सत्रदेखि शुरु भएको मनास्लु कलेजमा हाल व्यवस्थापनका साथै विज्ञान, मानविकी र कानून सङ्कायको पठनपाठन हुने प्रिन्सिपल श्रेष्ठले बताए ।

कलेजका अध्यक्ष लामाले सामाजिक उत्तरदायित्व वहन गर्नुका साथै अभिभावकलाई खेलमा लागेर पनि आफ्ना सन्तानले विभिन्न क्षेत्रमा अवसर प्राप्त गर्न सक्छन् भन्ने सन्देश दिनका लागि छात्रवृत्ति प्रदान गरिएको बताउनुभयो । भविष्यमा अन्य खेलाडीलाई पनि छात्रवृति उपलब्ध गराउने उनले बताए ।

यु–१६ फुटबल टोलीका सबै खेलाडीलाई पूर्ण छात्रवृत्ति दिन तयार रहेको कलेजले जनाएको छ । कप्तान लिम्बूले २०७६ सालको एसइई सातदोबाटोस्थित लोक स्मृति विद्यालयबाट उत्तीर्ण गरेका थिए । उनले विभिन्न उमेर समूहबाट अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।

एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको

चर्च ब्वाइज भोजपुर गोल्डकपको सेमिफाइनलमा

  टक्सार (भोजपुर) ।   भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

एसियाली बक्सिङ च्याम्पियनसिपमा भाग लिन नेपाली टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौँ । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन खेलाडीसहित पाँच सदस्यीय