मार्सेली र पिएसजीबीचको खेलमा नेइमारसहित पाँच खेलाडीलाई रातोकार्ड
फ्रान्सको लिग वन फुटबल प्रतियोगिता अन्तर्गतको तेस्रो चरणको खेलमा रेफ्रीले डेढ मिनेटभित्र पाँच खेलाडीलाई रातोकार्ड देखाएर मैदान बाहिर पठाएका छन् । चिरप्रतिद्वन्द्वी मार्सेली र पिएसजीबीचको खेलमा नेइमारसहित पाँच खेलाडीलाई रातोकार्ड देखाइएको हो ।
खेलको इन्जुरी समयको ९७ देखि ९९ मिनेटभित्र दुई टिमका खेलाडी आपसमा झगडा गरेपछि रेफ्रीले यस्तो अप्रिय निर्णय लिएका हुन् । रेड कार्ड पाउने खेलाडीमा पिएसजीका तीन र मार्सेलीका दुईजना छन् ।
यो खेलममा मासैलीले पीएसजीलाई १–० गोल अन्तरले हरायो । रातो कार्ड पाएर मैदान छाड्दै गर्दा ब्राजिलियन फरवार्ड नेइमारले फोर्थ अफिसियलमाथि जातीय टिप्पणी गरेको बताइएको छ । नेइमारले मार्सेलीका अल्भारो गोन्जालेजलाई इन्जुरी टाइममा पञ्च हानेपछि झगडा सुरु भएको थियो। रेफ्रीले भारमार्फत रिप्ले हेर्दै नेइमारलाई सिधा रातो कार्ड देखाएका थिए।