शख्तर डोनेस्कलाई ५-० ले हराउँदै ईन्टर मिलान यूरोपा लिगको फाइनलमा प्रवेश



ईटालियन क्लब ईन्टरमिलान यूएफा यूरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको अन्तिम सेमिफाइनल खेलमा यूक्रेनी क्लब शख्तर डोनेस्कलाई ५-० को फराकिलो गोल अन्तरले पराजित गर्दै ईन्टरले फाइनलमा स्थान पक्का गरेको हो ।

ईन्टरको जितमा लाउटारो मार्टिनेज र रोमेलु लुकाकुले दुई/दुई गोल गरे । त्यस्तै ड्यानिलो डि एम्ब्रुसिओले एक गोल गरे । ईन्टरले अब फाइनलमा स्पेनिश क्लब सेभिलासँग प्रतिस्पर्धा गर्नेछ ।

आइतबार राति भएको पहिलो सेमिफाइलमा इङ्लिश क्लब म्यान्चेस्टर यूनाइटेडलाई एकका विरुद्ध दुई गोलले पराजित गर्दै सेभिलाले फाइनलमा प्रवेश गरेको हो ।

हालसम्म तीन पटक यूरोपा लिगको उपाधि जितेको ईन्टर पछिल्लो पटक सन् १९९८ मा लिग विजेता बनेको थियो भने सेभिलाले सबैभन्दा धेरै पाँच पटक उपाधि उचालेको छ ।

पछिल्लो पटक सन् २०१६ मा सेभिला लिग विजेता बनेको थियो । फाइनल खेल आगामी शुक्रबार राति हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनपीएलमा बिजेता र उपबिजेता शेख दाजुभाइलाई गृहजिल्लामा सम्मान

वीरगंज । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई विजेता बनाउने कप्तान आशिफ

पौवादुङमा गोल्डकप फुटबल माघ १ गतेदेखि हुने

भोजपुर । भोजपुर जिल्लाको पुर्वी पौवादुङ्मा गाउँपालिकामा कोशी प्रदेशस्तरीय ‘पौवादुङमा गोल्ड कप फुटबल

यु–१९ क्रिकेट : महिला टिमको बन्द प्रशिक्षण भरतपुरमा सुरु

चितवन। महिला यु–१९ विश्वकप क्रिकेटको लागि नेपाली टिमको बन्द प्रशिक्षण भरतपुरमा सुरु भएको

मेयर कप भेट्रान फुटबल हुने

काठमाडौं। श्री कुसुन्ती युवा क्लब र ललितपुर महानगरपालिका–१३ को संयुक्त आयोजनामा दोस्रो ललितपुर