एनआरएनएद्वारा ‘गैर आवासीय नेपाली संघ खेलकुद प्रतिष्ठान’ स्थापना



गैर आवासीय नेपाल संघ (एनआरएनए) ले ‘गैर आवासीय नेपाली संघ खेलकुद प्रतिष्ठान’ को स्थापना गरेको छ ।

एनआरएनएले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतिष्ठान स्थापना गरिएको घोषणा गरेको हो ।

कामको खोजीमा विदेश बस्न बाध्य नेपाली खेलाडीहरुलाई पनि राष्ट्रिय खेलकुदमा आवद्ध गराउने मुख्य उद्देश्यका साथ प्रतिष्ठान स्थापना गरिएको गैर आवासीय नेपाली संघ, युवा तथा खेलकुद समितिका संयोजक सुदन थापाले जानकारी दिए ।

प्रतिष्ठानले नेपालको खेलकुद क्षेत्रको विकासका लागि अन्तराष्ट्रिय सहायता जुटाउने काम पनि गर्ने एनआरएनएले जनाएको छ ।

यसैबीच, एनआरएनएले आफ्नो विश्व सम्मेलनको अवसर पारेर काठमाडौंमा ५ वटा खेलकुद प्रतियोगिता आयोजना गर्ने पनि घोषणा गरेको छ । ‘एनआरएनए हेरिटेज वाकथुन’, एनआरएनए स्र्पोटस् मिट, एनआरएनए फुटशल टुर्नामेन्ट, एनआरएनए गल्फ च्याम्पियनसिप र एनआरएनए पेन्टिङ एक्जिबिशन पनि आयोजना गर्न लागिएको एनआरएनएका अध्यक्ष भवन भट्टले जानकारी दिए ।

एनआरएनएको विश्व सम्मेलन आगामी असोज २८ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आत्मानन्द गोल्डकपको उद्घाटन खेलमा माङसेबुङ गाउँपालिकालाई पराजित गर्दै सिरिजङ्घा विजयी

  इलाम । आइतबारदेखि इलाममा  १७ औँ संस्करणको आत्मानन्द गोल्डकप सुरु भएको छ

कर्णाली याक्समा ओमानका पूर्व कप्तान मक्सूद अनुबन्ध

काठमाडौँ । कर्णाली याक्सले ओमानका पूर्व कप्तान जिसन मक्सूदलाई अनुबन्ध गरेको छ ।

यू-१९ एसिया कप खेल्ने १५ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौं । एसिसी यु–१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा भएको छ। नेपाल

टोटनह्यामसँग सिटी ४–० ले पराजित

काठमाडौँ । इङ्लिस प्रिमियर लिगअन्तर्गत टोटनह्यामले म्यानचेस्टर सिटीमाथि शानदार जित हासिल गरेको छ