मैत्रीपूर्ण भलिबलको उपाधि कर्मचारी टोलीलाई



पोखरा । संविधान दिवसको अवसर पारेर गण्डकी प्रदेश सरकारले आयोजना गरेको मैत्रीपूर्ण भलिबलको उपाधि राष्ट्रसेवक कर्मचारीको समूहले प्राप्त गरेको छ ।

बिहीबार भएको फाइनल खेलमा पश्चिमाञ्चल खेलकूद सङ्घलाई पराजित गर्दै राष्ट्रसेवक कर्मचारी समूह विजयी भएको थियो । राष्ट्रसेवक कर्मचारी समूहको नेतृत्व प्रमुख सचिव हरिप्रसाद बस्याल गरेका थिए भने खेलकूद सङ्घको नेतृत्व राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेश गुरुङले गरेका थिए ।

पहिलो सेट आफ्नो पक्षमा पारेको खेलकूद सङ्घ पछिल्लो तीन सेटमा पराजित हुन पुग्यो । खेलकूद सङ्घले उद्योग वाणिज्य सङ्घका समूहलाई पराजित गर्दै फाइनलमा पुगेको थियो भने कर्मचारी समूहले मुख्यमन्त्री तथा पत्रकारको टिमलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

विजयी तथा सहभागी खेलाडीलाई मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुरुस्कार वितरण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानमा उक्लियो लिभरपुल

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल दोस्रो स्थानमा उक्लिएको छ । बुधवार

डिएफसी मोरङ किराँत गोल्डकपको फाइनलमा 

  पाँचथर । पाँचथरको फिदिममा जारी प्रथम किराँत गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत बुधबार भएको

एलपीएलमा घोडाघोडी र कैलाली विजयी

सुदूरपश्चिम । धनगढीको फाप्ला क्रिकेट मैदानमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) क्रिकेट

नेपाल सुपर लिगमा इलामलाई पराजित गर्दै पोखरा शीर्ष स्थानमा

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा पोखरा थन्डर्स शीर्ष स्थानमा उक्लिएको छ ।