जातीय पोशाक उत्पादन गरेर आत्मनिर्भर बन्दै धिमाल महिला



मोरङ । जातीय पोशाक संरक्षण गर्दै आर्थिक हिसाबले आत्मनिर्भर बन्न लोप हुँदै गएको संस्कार र संस्कृतिको संरक्षण र संवद्र्धन मात्र नभएर आफ्ना जातीय पोशाक निर्माण गरेर यतिबेला मोरङ बेलबारीका धिमाल समुदायका महिला आत्मनिर्भरता बन्न लागिपरेका छन् ।

बेलबारी नगरपालिकाले विसं २०७७ फागुन ३० गते धिमाल समुदायलाई पहिलो जातिका रूपमा सूचीकृत गरेको थियो । हाल नगरपालिकाले धिमाल समुदायलाई भाषा, संस्कार र संस्कृतिको संरक्षण गर्दै आयआर्जनका लागि समेत विभिन्न सीपमूलक कार्यक्रममा महिलालाई सहभागी गराउँदै अघि बढाउन थालेको छ ।

विशेषगरी महिलाले निर्माण गर्ने पेटानी, आल्गी, खदालगागत अन्य कपडा निर्माणका लागि तान वितरण गरेर सहयोग गरेको बेलबारी–३ का वडाध्यक्ष योगेन्द्रप्रसाद सुवेदीले बताए । उनी भन्छन्, “यस वडाका धिमाल महिलालाई दुई वर्षदेखि आवश्यकतानुसार धागो दिइरहेका छौँ, गत वर्ष २८ परिवारलाई घागो वितरण गरेकामा यस वर्ष बढाएर ३० परिवारलाई धागो वितरण गरेका छौँ ।”

बेलबारी–३ ले धिमाल समुदायको बाक्लो बसोबास रहेको धिमाल टोल (भूमिडाँडा)मा तान र धागोसमेत वितरण गरेपछि धिमाल महिला यतिबेला सोही तान र धागोमार्फत पेटानी, आल्गी, खदालगायत सामग्री निर्माण गरेर बिक्री गरिरहेका छन् ।

एउटा खदाको मूल्य एक सयसम्म पर्ने गर्छ भने पेटानीको मूल्य दुई हजार पाँच सयसम्म पर्ने गरेको सीता धिमाल बताउँछिन् । झापाको दमकमा सिकेर आएको सीप आफ्नै ठाउँका साथीलाई सिकाउँदै आफू पनि गर्दै गरेको उनी बताउँछिन् । विगतमा भन्दा हाल खदा र पेटानीको माग बढ्दो रहेको उनले जानकारी दिइन् ।

“पुस्तौँदेखि गर्दै आएको सीपलाई नगरपालिकाले थप सहयोग गर्यो, घरमै बसीबसी रोजगारी बनेका छौँ”, सुस्मिता धिमालले भनिन् । एकै घरका तीन देउरानी जेठानी घरको काम भ्याएर बाँकी समय तानमा दिन्छौँ, सीपले मूल्य पाउँदा खुसी लाग्छ, स्थानीय मीरा धिमाल बताउँछिन् ।

तान बुनेर आत्मनिर्भर बन्दै गएका छौँ, यसैबाट घरखर्च चलेको कल्पना र सविना धिमालको भनाइ छ । विगतमा पुरानो किसिमको तान रहेको र त्यसबाट थोरै मात्र सामग्री निर्माण गर्न सकिए पनि आधुनिक प्रविधिको तानबाट अहिले थोरै समयमा धेरै सामग्री उत्पादन गर्न सकिने स्थानीय सीता धिमालले बताइन् ।

नयाँ प्रविधिसँगै नगरपालिका र वडा कार्यलयले सहयोग गरेपछि स्थानीय १५ देखि २० महिलाले रोजगारी पाएको र खदालगायत उत्पादन बिक्री पनि थालिएको पहिलो धिमाल जाति व्यवस्थापन समिति साथै धिमाल जाति विकास केन्द्र बेलबारीका सचिव टीकालाल धिमालले बताए ।

उनका अनुसार “उत्पादन हामी गर्छौँ, बजारीकरण सहजीकरणचाहिँ नगरपालिकाले गरिदिए अझ सहयोग हुने थियो ।” स्थानीय पालिकाले आफ्नो सबै औपचारिक कार्यक्रममा स्थानीयस्तरमा उत्पादित खदा प्रयोग गरिदिए आभारी हुने सचिव धिमालले बताए । बेलबारी नगरपालिका क्षेत्रमा हाल आठ सय ८९ घरपरिवार धिमाल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बजेट अभावले रोकिए बहुवर्षीय सडक योजना

म्याग्दी ।  म्याग्दीमा गण्डकी प्रदेश सरकारद्वारा सञ्चालित सातवटा बहुवर्षीय सडक आयोजना निर्माण ठप्प

एम्बुलेन्स र स्कुल भ्यान ठोक्किदा एकको मृत्यु, पाँच घाइते

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुलीमा बिहान एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा एकजनाको

विद्युत् र सिँचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख डलर ऋण स्वीकृत

काठमाडौँ । विश्व बैंकले नेपालका दुईवटा परियोजनाका लागि २५ करोड ७० लाख अमेरिकी

यातायात व्यवसायीसँग छलफल गर्न सरकारले बनायो आठ सदस्यीय समिति

काठमाडौँ । सरकारले यातायात व्यवसायीसँग छलफल गर्नका लागि वार्ता समिति गठन गरेको छ