पाथीभरासहित ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात



ताप्लेजुङ । सामान्य वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा मङ्गलबार साँझदेखि हिमपात भएको छ । तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने तीर्थस्थल पाथीभरा मन्दिरसहित जिल्लाका उत्तरी उच्च क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ ।

पाथीभरा मन्दिर जाने पदमार्गअन्तर्गत फेदीको बस्तीसहित सोभन्दा माथि हिमपात भइरहेको फेदीस्थित प्रहरी चौकीका हबल्दार मिलन कटुवालले जानकारी दिए । हिमपात भए पनि जनजीवनमा सामान्य रहेको उनले बताए ।

यसपटक लामो समयपछि जिल्लाको केही ठाउँमा सामान्य वर्षा भएको हो । हिउँद लागेपछि लामो समयसम्म पानी नपर्दा हिउँदे बालीनाली लगाएका किसानलाई भने समस्या भइरहेको थियो । समान्य वर्षा र हिमपात हुन सुरु भएपछि भने यसले केही राहत पुग्ने किसानले बताएका छन् ।

केही दिनयता चिसो बढेसँगै पाथीभरामा तीर्थयात्रीको आगमनको सङ्ख्या घटेकोे पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए । बर्सेनि हिउँ परेपछि भने पाथीभरामा आन्तरिक धार्मिक पर्यटकको आगमन बढ्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
थुनाबाहिरै बसेर मुद्दा लड्न पाऊँ श्रीमान्, बरु हरेक पटक तारेखमा आउँदा रिपोर्टसहित आउनेछुः रवि लामिछाने

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका

सूर्यदर्शन सहकारी ठगी मुद्दामा अदालतले आज आदेश सुनाउँदै

  गण्डकी । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा जिल्ला अदालत कास्कीमा

माघे सङ्क्रान्ति नजिकिँदै गर्दा कालीमाटी तरकारी बजारमा तरुलको व्यापार बढ्दो(फोटोफिचर)

काठमाडौँको कालिमाटी फलफूल तथा तरकारी बजारमा तरुल खरिद गर्दै उपभोक्ता । कालीमाटी बजारमा

सहकारीका प्रबन्धकलाई कुटपीट गरेको आरोपमा वडाध्यक्षसहित पाँच जना पक्राउ

तनहुँ । तनहुँको भीमाद बचत तथा ऋण सहकारीका प्रबन्धक रामबाबु गैह्रेलाई कुटपीट गरेको