वालिङमा व्यावसायिक केराखेतीबाट वार्षिक चार लाख मुनाफा



स्याङ्जा । एक किसानले केराखेतीबाट वार्षिक चार लाख मुनाफा आर्जन गरेका छन् । वालिङ नगरपालिका-१ धरम पानीका कृष्णप्रसाद ढुंगानाले व्यावसायिक केराखेतीबाट उक्त रकम आर्जन गएका हुन् ।

सबै खर्च कटाएर एक वर्षमा चार हजार पाँच सय दर्जन काँचो तथा पाकेका केरा बेच्दा त्यति रकम नाफा भएको उनले बताए । “मेरा बारीका केरा स्थानीय व्यापारीले बगैँचाबाट नै खरिद गर्छन्”, उनले भने । स्थानीय बजारमा केराको माग उच्च भए पनि मागअनुसार आपूर्ति हुन सकेको छैन ।

तीन वर्षअघि किसान ढुंगानाले व्यावसायिक रूपमा केराखेती थालेका हुन् । व्यावसायिक रूपमा ड्रागन फ्रुटको खेती गर्न जग्गा सम्म्याउने क्रममा पुरुवा माटोमा केरा राम्रो हुन्छ भन्ने थाहा पाएपछि उनले केराखेती प्रारम्भ गरेका हुन् । उनको बगैँचामा स्थानीय र हाइब्रिड केरा फलेका छन् ।

उद्यमी ढुंगानाले २० रोपनीमा केराखेती गर्दै आएका छन् । बगैँचामा झापाली मालभोग, चिनी केरा, पुरानो मालभोग, धुस्रे र स्थानीय मुग्रे गरी पाँच प्रजातिका केरा लगाएका छन् । उनले ४० रोपनीमा ड्रागन फ्रुटको खेती पनि गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कृषि क्षेत्रमा इजरायली सहयोगलाई निरन्तरता दिन कृषिमन्त्रीको आग्रह

काठमाडौं ।  कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपालको कृषि क्षेत्रमा इजरायलले

बाख्रा पालेर वार्षिक पाँच लाख भन्दाबढी आम्दानी

दाङ ।  दाङको घोराही उपमहानगरपालिका–६ बचाहाका बालकृष्ण खनालले व्यावसायिक बाख्रा पालनबाट वार्षिक पाँच

शेयर बजारमा सामान्य अंकको वृद्धि

काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार नेप्से सामान्य अंकले

घ्याङस्वारा आन्तरिक पर्यटकको रोजाइमा

त्रिशूली । नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका- ४ मा अवस्थित ऐतिहासिक धार्मिक तथा पर्यटकीय