गोरखा नगरपालिकामा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’का सेवा निःशुल्क



गोरखा। गोरखा नगरपालिकाले नगरवासीलाई ‘जन्मदेखि मृत्यु संस्कारसम्म’का लागि विभिन्न सेवा निःशुल्करुपमा उपलब्ध गराएको छ । सो सेवाअन्तर्गत गर्भवतीलाई सुत्केरी हुन अस्पताल ल्याउनेदेखि अत्येष्टिका लागि आवश्यक सहयोग रहेका छन् ।

‘गर्भवतीलाई नवजात शिशु जन्माउन निःशुल्क अस्पताल पुर्‍याइदिने र सुत्केरी भएपछि घरसम्म ल्याइदिने काम नगरपालिकाले गर्दै आएको छ’, नगरप्रमुख कृष्णबहादुर रानामगरले भने, ‘नगरवासीको निधन भएमा अन्त्येष्टिका लागि घाटमा आवश्यक पर्ने दाउरासम्म पनि नगरपालिकाले निःशुल्क उपलब्ध गराउँदै आएको छ ।’

नगरपालिकाले गोरखा अस्पतालको विभिन्न सेवासहित आयुर्वेदिक तथा आँखाको उपचार निःशुल्करुपमा गर्नसक्ने व्यवस्था मिलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संसद सचिवालयले टाँस्यो रवि लामिछानेको सांसद पद निलम्बनको सूचना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद निलम्बन भएको छ

न्यायिक प्रक्रियालाई पूर्णरूपमा सघाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेको मुद्दामा अदालतको न्यायिक प्रक्रियालाई

रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डीपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ

आपराधिक समूहले नेपालीलाई जबरजस्ती अवैध कार्यमा लगाउने गरेकाले थाइल्याण्ड र म्यानमार जाने नेपालीका लागि ट्राभल एडभाइजरी जारी

काठमाडौं । सरकारले विभिन्न प्रलोभन देखाएर नेपाली युवाहरूलाई ठग्ने र अलपत्र पार्ने गरिएको