लिकु स्वास्थ चौकी बन्यो पोषणमैत्री स्वास्थ्य संस्था



डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १० स्थित लिकु स्वास्थ चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । स्वास्थ्य सेवा कार्यालय डोल्पा, त्रिपुरासुन्दरी नगरपालिका स्वास्थ्य शाखा र विश्व खाद्य कार्यक्रम ‘एमडीआई नेपाल’ले विभिन्न सूचकको आधारमा पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरेको हो ।

आफ्नो क्षेत्र भित्र पर्ने ६ महिना देखि ५९ महिना भित्रका बालबालिकालाई वर्षमा २ पटक भिटामिन ‘ए क्याप्सुल’ ९० प्रतिशत भन्दा बढी वितरण गरेको र १२ देखि ५९ महिनाका बालबालिकाहरूले जुकाको औषधि वर्षमा दुई पटक ९० प्रतिशत भन्दा बढी पाएको लगायतका सूचक पुरा गरेपछि पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको त्रिपुरासुन्दरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख तुलबहादुर श्रेष्ठले जानकारी दिए।

पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिए पनि बालिकाहरुमा पोषणको कमी आउन नदिन कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हिराचन्द्र धरालाले बताए ।

बालबालिकालाई पोषणमा कमी आउन नदिन विश्व खाद्य कार्यक्रम तथा एमडीआई नेपालले बाल स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तर्गत डोल्पाका विभिन्न स्वास्थ्य संस्थाहरुबाट पोषणयुक्त पिठो वितरण गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला

नेपालगंज ।  बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला गरिएको छ । निकुञ्जभित्रको वनपथ वरिपरिका

धान खेत मासेर कागतीखेतीमा रमाउँदै किसान

दाङ । धान झुल्ने खेतमा यतिवेला लटरम्म कागती दाना पहेँलै भएका छन् ।

बाहिर गएका जनशक्ति फर्काउने विषयमा सम्मेलन प्रभावकारी बन्नेछः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले विदेशिएका जनशक्तिलाई स्वदेश कसरी फर्काउने भन्ने विषय

सङ्खुवासभामा ३४ करोड भन्दाबढीको सुन्तला कारोबार

सङ्‍खुवासभा । सङ्‍खुवासभामा यो वर्ष ३४ करोड रुपैयाँ बढीको सुन्तला बिक्री भएको छ