उदाहरणीय बन्दै एक्लो महिला बरघर अंकली



कञ्चनपुर ।  । शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनीकी ५२ वर्षीया अंकली डगौरा गाउँको रीतिथिति बसाल्ने कार्यमा दुई वर्षदेखि क्रियाशील छिन्।

बरघरमा चयन भएपछि उनी दुई वर्षदेखि गाउँको धार्मिक, न्यायिक, सांस्कृतिक, सामाजिक कार्यको नेतृत्व गर्दै आएकी छन्। थारु समुदायमा गाउँँको अगुवाइ गर्ने व्यक्तिका रूपमा प्रत्येक वर्षको माघ महिनामा बरघर चयन गर्ने गरिन्छ। नगरपालिका क्षेत्रमै बरघरमा नेतृत्व गर्ने अंकली एक्लो महिला हुन्।

‘गाउँका २२ परिवारले विश्वास गरेर नेतृत्व दिएका छन्। गाउँका बासिन्दाको सल्लाहमै विवाह, परम्परागत सांस्कृतिक कार्यक्रम, अंशबण्डा, विकास निर्माणलगायतका योजना बनाएर कार्यान्वयनमा ल्याउँदै आएका छौँ,’ डगौराले भनिन्।

गाउँमा हुने झै झगडा, विवादको छिनोफानो गर्नेदेखि कुलो, बाटो निर्माण तथा मर्मत गर्ने, पूजाआजा, विवाहका लागि समय निर्धारण गरी कार्यको जिम्मेवारी तोक्ने, देउथनुवा निर्माण गर्ने, पूजापाठ सामग्रीको व्यवस्थासँगै समय मिलाउने, मर्निकर्नी (जन्म–मृत्यु) संस्कारको चाँजोपाँजो मिलाउने कार्य बरघरको काँधमा हुने गर्दछ।

गाउँका बासिन्दासँग समन्वय गरी सहज रूपमा कार्य गर्दै आएको अंकलीको भनाइ छ। ‘पहिलो वर्ष बरघरमा चयन हुँदा महिलाले पनि गाउँको नेतृत्व गर्न सक्लिन् र! भनेर कुरा काट्ने पनि थुप्रै थिए,’ उनले भनिन्, ‘सबैको मन जित्न सकेकाले नै दोस्रो वर्ष पनि बरघरको नेतृत्व गर्ने मौका पाइएको छ।’

सामाजिक कार्यमा पहिला पुरुषकै अधिक अग्रसरता हुने गरेको थियो। हाल संस्कृति जोगाउने, गाउँको विकास, कुप्रथा, कुरीति हटाउनका लागि महिलाले अग्रसरता देखाउने गरेका छन्। फौजदारीबाहेक अन्य विवाद, झैझगडा गाउँमै मेलमिलापको माध्यमबाट समाधान गर्दै आएको डगौराले बताए।

‘गाउँमा हुने विवाह एकैपटक गर्न सकिँदैन, त्यै भएर महिना, गते, बार तोक्ने गरेका छौँ,’ अंकली अगाडि भन्छिन्, ‘तोकिएअनुसार गाउँका बासिन्दालाई दाउरा चिरान, पात टिप्ने, माछा मार्ने, खाना बनाउने जिम्मेवारी तोक्ने गर्छु, आफैँ पनि काममा खटिँदै आएकी छु, त्यै भएर सबैको सहयोग पाइने गरिएको छ।’

दसैँतिहार, चाडपर्वमा आवश्यक साँस्कृतिक कार्यक्रम, परम्परागत नृत्य, वाद्यवादन गर्नेहरूको चयन पनि गाउँका बासिन्दाकै सल्लाहमा गरिँदै आएको छ। बाटोघाटो मर्मत, प्राकृतिक ताल संरक्षण, कुलो मर्मतलगायत कार्यका लागि सरकारी बजेटको भर नपरेर बरघरको नेतृत्वमा गाउँका बासिन्दाले श्रमदानमार्फत गर्दै आएका छन्।

थारु अगुवा हवलदार चौधरी अंकलीले गाउँमा रीतिथिति बसाउने कार्यमा राम्रो भूमिका निर्वाह गरको बताउँछन्। ‘विकास निर्माण, झैझगडा मेलमिलाप गराउने कार्यसँगै संस्कृति संरक्षणमा चासो दिएर कार्य गर्नुहुन्छ,’ चौधरीले भने, ‘नगर क्षेत्रमै एक्लो बहिला बरघर भएकाले सुरुमा धेरैले आशङ्का व्यक्त गर्थे तर उहाँले सामाजिक कार्यका साथै गाउँ समाजमा रहेका महिलाको नेतृत्व विकासमा पनि योगदान गर्न थालेपछि हामी सबै प्रसन्न छौँ।’

वडाध्यक्ष चक्रबहादुर खड्का बरघरले गाउँमै विवादको छिनोफानो गर्दा वडा कार्यालयमा विवादको थोरै घटना आउने गरेकाले हामीलाई अन्य विकास निर्माणलगायत काममा लाग्न सहज भएको छ। विकासका कार्य सुरु गर्नुअघि बरघरको सल्लाह लिने गरिएकाले कार्य गर्नमा निकै सहजता हुँदै आएको उनको भनाइ छ।

‘जनसहभागिता जुटाउने कार्यमा बरघरकै सहयोग लिन्छौँ। सामाजिक तथा सांस्कृतिक कार्यमा पनि बरघरकै सहयोग छ,’ उनले भने।

थारु समुदायमा प्रचलित बरघर प्रथालाई जीवन्त राख्नका लागि नगरपालिकाले ऐन बनाएर लागू गरेको चर्चा गर्दै उनले ऐन कार्यान्वयनका लागि कार्यविधि नबनाइँदा कार्यान्वयनमा ल्याउन नसकिएकाले यसका लागि पहल गरिने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘लेक टु लेक साइकल ट्र्याक’ निर्माणमा एडिबीको सहयोग

कास्की । नेपालको विकास साझेदार एसियाली विकास बैंक (एडिबी)ले पोखरामा तालबाट तालसम्म ‘लेक

साइबर अपराधको आरोपमा एक महिला पक्राउ

काठमाडौँ । सामाजिक सञ्जालबाट चरित्र हत्या हुने अभिव्यक्तिहरू प्रसारण गरी आघात पुर्याएको आरोपमा

विश्वकपमा छनोट भएको नेपाली महिला टोलीलाई विमानस्थलमा भव्य स्वागत

काठमाडौँ । नेपाली यू–१९ महिला क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ । सन्

कानुनको परिधिमा रही कार्यसम्पादन गर्न प्रधानसेनापति सिग्देलको निर्देशन

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको परिधिमा रही कार्यसम्पादन गर्न कानुन अधिकृतलाई