गलकोटका ‘गोपाल सर’को लोभलाग्दो किबीखेती



बागलुङ । कोरोना महामारीका कारण गाउँघरमा हिँडडुल, आउजाउ ठप्प थियो । विद्यालय बन्द थिए । घरछेउको पुर्ख्यौली बारी बाँझो भएको धेरै वर्ष भइसकेको थियो । वनमारा र कुकाठले भरिएको बारीले ‘गोपाल सर’लाई पाखुरा बजार्न प्रेरित गरिरहन्थ्यो । यही मेसोमा एक दिन उनले किबीखेती गर्ने निर्णय गरे ।

गाउँमा ‘गोपाल सर’ का रूपमा परिचित गोविन्दप्रसाद शर्माले बाँझो बारी र खरबारीको झाडी फाँडेर किबी रोप्न थाले । गलकोटको खरुवा माध्यमिक विद्यालयका शिक्षक उनी अहिले नमूना किसान भएका छन् । विद्यालयबाट बचेको समयको सदुपयोग गर्दै गरेको किबीखेतीले उनलाई आर्थिक रूपमा पनि सबल बनाएको छ । उनले किबी लगाएको तेस्रो वर्षमै राम्रो प्रतिफल दिन थालेको हो । सरल कृषि फार्ममार्फत उनका उत्पादन बजारमा पाइन्छन् ।

विसं २०७८ मा बरास्थान किबी उत्पादन समूहमार्फत उनले किबी खेती शुरू गरेका थिए । किबीखेतीका लागि गलकोट नगरपालिकाले बिरुवा उपलब्ध गराएको थियो । दश रोपनी जग्गामा एक सय ५० बोट किबीखेती गरेका उनले बिरुवा सारेको तीन वर्षमा नै लगानी उठाएको बताए ।

उनको बारीमा फलेका किबी स्थानीय बजारदेखि देशका ठूला सहरमा बिक्री भइरहेको छन् । प्रतिकिलो तीन सयदेखि चार सय ५० सम्ममा बिक्री हुने गरेको छ । किबीखेतीबाट उत्साहित गोपाल सरले २० रोपनी पाखोबारीमा ओखरखेती पनि प्रारम्भ गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुलुक गम्भीर राजनीतिक संकटमा पर्नसक्ने विद्युत महसुल बक्यौता विवाद

सुरेश आचार्य । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बुधबारको पत्रकार सम्मेलनमा

बाढीपहिरोले मकवानपुरमा एक अर्ब ६९ लाख भन्दाबढीको क्षति

बागमती । हालैको बाढीपहिरोले मकवानपुरमा रु एक अर्बभन्दा बढी ६९ लाखभन्दा बढीको भौतिक

उद्योगीलाई प्राधिकरणको आग्रहः डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता मंसिर १२ गतेभित्र बुझाउनु

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको उद्योगीहरुलाई डेडिकेटेड तथा ट्रंकलाइन प्रयोग गरेबापतको महसुल मंसिर

उपकरण मर्मतमा ढिलाइ हुँदा अझै सुरु हुन सकेन हेटौंडा सिमेन्टको उत्पादन

बागमती । निर्धारित समयमा उपकरण मर्मत हुन नसक्दा हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ