भुइँकटहर खेतीबाट वार्षिक १५ लाखसम्म आम्दानी



सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ का अर्जुन विष्टले २०७७ सालमा नेपाल प्रहरीको सेवाबाट निवृत्त भएपछि सुरुमा वैदेशिक रोजगारीमा जाने सोच बनाएका थिए । तर पछि विदेशमा गर्ने दुःख यही गर्न सके केही उपलब्धि हुन्छ कि भन्ने सोचले उनी कृषि क्षेत्रमा सक्रिय भए ।

अहिले उनलाई तत्कालीन समयमा आफूले लिएको निर्णय सही लागेको छ । तत्कालीन समयदेखि भुइँकटहर खेतीमा लागेका उनले यसैबाट मनग्गे आम्दानी गरिरहेका छन् ।

हाल उनले एक बिघामा भुइँकटहर लगाएका छन् । यसबाट वार्षिक १५ लाख रुपैयाँ आम्दानी हुने गरेको उनले बताए । वार्षिक एक लाख खर्च कटाउँदा १४ लाख रुपैयाँसम्म सजिलै बचाउन सकिने उनको भनाइ छ ।

उनले भने, ‘भुइँकटहरको माग राम्रो छ बजारमा भनेको मूल्य पनि पाइन्छ । गत वर्षभन्दा अझ केही बिरुवा थप गरेको छु अर्को वर्ष आम्दानी अझै बढ्छ ।’

उनका अनुसार भुइँकटहरको खेतीमा वर्षपिच्छे ठूलो मेहनत पनि चाहिन्न । वर्षमा एक पटक गोडमेल गर्दा पनि राम्रो आम्दानी लिन सकिन्छ । उनले भुइँकटहर प्रतिगोटा एक सयदेखि एक सय पचास रुपैयाँसम्म बिक्री गर्दै आएका छन् । भुइँकटहर लिन कतिपय व्यापारीहरू फर्ममै आइपुग्ने उनले बताए ।

अहिले सुनसरीको बराहक्षेत्रमा भुइँकटहरको खेती गर्ने किसानको सङ्ख्या सीमित भएकाले बिक्रीका लागि समस्या नभएको उनको भनाइ छ । उनका अनुसार बिरुवा बिक्रीबाट मात्रै वार्षिक एक लाख ५० हजारसम्म आम्दानी हुने गरेको छ ।

उनले एउटा बिरुवालाई १० देखि २० रुपैयाँ सम्ममा बिक्री गर्दै आएका छन् । उनको व्यावसायिक भुइँकटहरका लागि नगरपालिकाले अनुदान स्वरुप ७७ हजार रुपैयाँ उपलब्ध गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चार अंकले बढ्यो शेयर बजार

काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार नेप्से सामान्य बढेको

तस्बिरमा हेर्नुस् सौराहामा आयोजित हात्ती तथा पर्यटन महोत्सव

चितवन । चितवनको सौराहामा आजदेखि हात्ती तथा पर्यटन महोत्सव सुरु भएको छ ।

खैरहनी महोत्सवमा महकाे प्रवर्द्धन गरिँदै

चितवन । तेस्रो खैरहनी महोत्सवमा महको प्रवर्द्धन गर्न छुट्टै परिसर निर्माण गरिएको छ।

सङ्खुवासभामा ३४ करोड भन्दाबढीको सुन्तला कारोबार

सङ्‍खुवासभा । सङ्‍खुवासभामा यो वर्ष ३४ करोड रुपैयाँ बढीको सुन्तला बिक्री भएको छ