मानव बेचबिखन मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार अभियुक्त कुवेतबाट पक्राउ



काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी धनुषा जनकनन्दिनी गाउँपालिका–४ का दिलीप राउत पक्राउ परेका छन् । एनसिबी कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई मंगलबार नेपाल फिर्ता ल्याइएको प्रहरीले जनाएको छ ।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास गर्न इन्टरपोल शाखाको अनुरोधमा गत असोज १८ गते रेड नोटिस जारी भएको थियो ।

उनलाई सम्बन्धित कसुरबमोजिम कानुनी कारबाहीका लागि मानव बेचबिखन अनुसन्धान ब्युरोलाई बुझाइएको प्रहरी प्रधान कार्यालयस्थित इन्टरपोल शाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाँके राष्ट्रिय निकुञ्जमा बाघको आहारा बढाउन घाँसेमैदान क्षेत्र बढाइँदै

बाँके । बाघ संरक्षणका लागि विसं २०६७ मा स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा

क्यानद्वारा यू–१९ महिला टी–२० विश्वकपका लागि १५ सदस्यीय टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले यू–१९ महिला टी–२० विश्वकपका लागि नेपाली टोली

सर्वोच्च बारको अध्यक्षमा मेघराज पोखरेल विजयी

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा मेघराज पोखरेल विजयी भएका छन् ।

तीन पटक प्रधानमन्त्री हुँदा पनि माओवादीले जनतालाई के दिन्छ भन्ने प्रश्नै छः विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले देशको तीन ठूला दलले