पुनहिल–घोडेपानीमा पर्यटक आगमन उत्साहजनक



घोडेपानी (म्याग्दी) । अन्नपूर्ण गाउँपालिका-६ मा पर्ने पुनहिल–घोडेपानीमा छ महिनामा ११ हजार ६०६ पर्यटकले भ्रमण गरेका छन् । यद्यपि यो गत वर्षको भन्दा कम भएको घोडेपानीस्थित पर्यटक प्रहरी चौकीले जनाएको छ ।

उक्त चौकीका अनुसार गत वर्ष सोही अवधिमा १२ हजार छ सयभन्दा बढी विदेशी पर्यटक उक्त क्षेत्रमा आएका थिए । यो वर्ष ५७ देशका पर्यटक भ्रमणमा आएका छन् ।

पर्यटक आगमनको याम आरम्भ भएकाले कात्तिकमा पर्यटक बढ्ने घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुलीठकुरी पुनले बताए । आन्तरिक पर्यटकका निम्ति १० प्रतिशत छुटको व्यवस्था त्यहाँका होटलले गरेका छन् । पर्यटकको आगमनबाट आफूहरू उत्साहित भएको उनले बताए ।

कोरोना महामारीअघि वार्षिक ७० हजार पर्यटक आउने घोडेपानीमा २०८० मा ३१ हजार र २०७९ मा २६ हजार विदेशी पर्यटक आएका चौकीको अभिलेखमा उल्लेख छ

अन्नपूर्ण परिक्रमा गरी तातोपानी हुँदै कास्कीको विरेठाँटी–उल्लेरी, छोम्रोङ–घान्द्रुक–टाडापानी, नागी–महरेबाट पर्यटक घोडेपानी भित्रिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
क्षतिग्रस्त तामाकोसी जलविद्युत् आयोजनाको मर्मतसम्भार शीघ्र थालिने

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाढीबाट क्षतिग्रस्त माथिल्लो तामाकोसी जलविद्युत्

वैदेशिक रोजगारीमा जानेको संख्या झन् बढ्दै, असोजमा ५३ हजार बाहिरिए

काठमाडौँ । चाडपर्वका बेला पनि वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या निरन्तर बढिरहेको छ ।

कावासोतीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, २८ घाइते

त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीमा जिप दुर्घटना हुँदा दुई

बाँकेमा धान उत्पादन बढ्ने प्रक्षेपण

नेपालगञ्ज । बाँकेमा यस वर्ष धानको उत्पादन बढ्ने प्रक्षेपण गरिएको छ । अनुकूल