धनुषाको मिथिलामा दश जोडीले गरे दाइजोमुक्त सामूहिक अन्तरजातीय विवाह



धनुषाधाम । धनुषाको मिथिला नगरपालिका–२ बेलाचापीस्थित सतलोक आश्रमममा दश जोडीले सामूहिक विवाह गरेका छन् । सन्त रामपालको ७४औँ अवतरण दिवसका अवसरमा शनिबार आयोजित समारोहमा दाइजोमुक्त अन्तरजाती विवाह गरिएको अनुयायी रोशन दासले जानकारी दिए ।

सन्त रामपालको सान्निध्यमा सन्त गरिबदासद्वारा रचित अमरग्रन्थ पाठ तथा गुरुवाणीसहित १७ मिनेटमा दश नवजोडीको सामूहिक विवाह गरिएको दासले बताए ।

यहाँ शुक्रबारदेखि तीन दिवसीय महायज्ञ, अखण्ड पाठ तथा भण्डारा कार्यक्रम भइरहेको छ । तीन दिवसीय कार्यक्रमअन्र्तगत दोस्रो दिन दश जनाले विवाह र एक सय ७० जनाले रक्तदान गरेका र तेस्रो दिन आइतबार विभिन्न कार्यक्रम गरी कार्यक्रम सम्पन्न हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाँकेको राप्तीसोनारीमा मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

बाँके । कुण्डा–नारायणपुर हुलाकी सडकअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका–४ लालपुरमा बुधबार भएको मोटरसाइकल दुर्घटनामा

जिब्रो छेडेर मध्यपुरथिमिदेखि पशुपतिसम्म परिक्रमा

भक्तपुर । आश्विन शुक्ल पूर्णिमाको अवसरमा बुधबार राति ८ बजे मध्यपुरथिमिमा ‘येंया पुन्हिया

लाखेनाचसहित समापन भयो ललितपुरको इन्द्रजात्रा

  ललितपुर । ललितपुर महानगरपालिका–१ को सहयोगमा आयोजित इन्द्रजात्रा लाखे नाच नाचेर आज

१२ जिल्लाका सिडिओसहित गृह मन्त्रालयका ३६ जना कर्मचारीको सरुवा

काठमाडौं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित ३६ कर्मचारीको सरुवा गरेको छ ।