नेपाली सेनाको सफा हिमाल अभियान सुरु



काठमाडौं । मुलुकका हिमशिखरहरुका फोहोर संकलन गर्दै व्यवस्थापन गर्दै आएको नेपाली सेनाको सफा हिमाल अभियानको चौंथो संस्करण बिहीबारदेखि सुरु भएको छ ।

मुख्यालय जंगी अड्डामा बिहीबार प्रधानसेनापति प्रभुराम शर्माले सम्बद्ध टोलीलाई ब्यानरसहित आवश्यक सामाग्री हस्तान्तरण गरी अभियान उद्घाटन गरेका हुन् ।

कार्यक्रममा प्रधानसेनापति शर्माले प्रकृति र पर्यावरण संरक्षणका लागि हिमालहरुको स्वच्छता कायम रहनुपर्ने बताए । यो उद्देश्यले यस वर्षमा पनि सफा हिमाल २०२४ आयोजना गरिएको जानकारी दिए । विगतका अनुभव र यस वर्षको विस्तृत र व्यवहारिक योजनाले गर्दा अभियानले सफलता पाउने विश्वास उनले व्यक्त गरे ।

उनले भने, ‘प्रकृति र पर्यावरण संरक्षण गर्नका निमित्त हाम्रा हिमालहरुको स्वच्छता कायम राख्ने नेपाल सरकारको राष्ट्रिय कार्यक्रम कार्यान्वयनलाई नेपाली सेनाले प्राथमिकतामा राख्दै आएको छ । यसै क्रममा अघिल्ला वर्षहरुमा झै यो वर्षमा पनि सफा हिमाल २०२४ आयोजना गरिएको हो । विगतका अनुभवहरु र यस वर्षको विस्तृत र व्यवहारिक योजनाले गर्दा यस अभियानले पक्कै पनि पाउन सक्छ भन्ने विश्वास छ ।’

सगरमाथा, ल्होत्से, पुमोरी, आमादब्लम, मकालु, धवलागिरी लगायतका ६ वटा हिमाल सफा गर्न लागेको छ । सफा हिमाल अभियान आउँदो जेठ २२ गते विश्व वातावरण दिवसको अवसरमा समापन हुने जनाइएको छ ।

अभियानमा नेपाली सेनाका ४३ जना आरोही सदस्य र शेर्पालगायतका अन्य व्यक्तिको पनि सहयोग रहनेछ । सफाइ अभियानमा वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पर्यटन बोर्डसहित सम्बन्धित गाउँपालिका र निजी क्षेत्रको सहकार्य रहने नेपाली सेनाले जनाएको छ । हिमाल सफाइका लागि यसपटक १२ करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सत्तामा रहँदा एउटा कुरा र प्रतिपक्षमा हुँदा अर्को कुरा बोल्नु उपयुक्त होइनः नेता सिटौला

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सहमति, सहकार्य र एकताको भावनाले मात्र

सरकारले धेरै राम्रो काम गरेको छः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको राजनीतिक र आर्थिक क्षेत्रको सुधारका

सरकार ८४ सम्म टसमस हुँदैनः प्रधानमन्त्री ओली(पूर्णपाठ)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न पक्षसँग सघन विमर्श गरी पहिले संविधान

साथीहरुलाई जानकारी होस्, अध्यादेश संसद नभएकै बेला ल्याउने होः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास र सुशासनका लागि अध्यादेश ल्याएको