पुल बनेपछि लौरोले पानी नापेर खोला तर्नुपर्ने बाध्यता हट्यो



गोरखा । हरेक वर्ष बर्खा लागेपछि गोरखाको सहिद लखन गाउँपालिका–५ र गोरखा नगरपालिका–८ का बासिन्दालाई ज्यान नै जोखिममा राखेर लुदीखोला वारपार गर्नुपर्ने बाध्यता वर्षौंदेखिको हो ।

खोलामा झोलुङ्गे पुलसमेत नहुँदा बर्खा लागेपछि त्यस क्षेत्रका बासिन्दालाई वारिपारि गर्नुपरे लौरोको साहायताले खोलाको पानी नापेर वारपार गर्नुपर्ने बाध्यता त सामान्यजस्तै थियो । तर गएको वर्षदेखि लुदीखोलामा पक्की पुल बनेपछि भने वर्षौंदेखि कठिनाइ भोग्दै आएका त्यहाँका बासिन्दालाई अहिले सजिलो भएको छ ।

गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय लमजुङ र विश्वा बैंकको आर्थिक सहयोगमा लुदीखोलामा पक्की पुल निर्माण भएपछि ज्यान नै जोखिम मोलेर खोला ओहोरदोहोर गर्नुपर्ने बाध्यता अब अन्त्य भएको हो ।

‘बर्खामा नदी र खोलामा यसै पनि पानी सतह बढी हुने भएकाले जोखिम हुने नै भयो’, गोरखा –८, लक्ष्मीबजारका ६९ वर्षका हर्कबहादुर थापाले भने, ‘त्यसमाथि लुदीखोलामा त बर्खा लागेपछि वारपारसम्म भेल आउने भएकाले सानो आँटले खोला तर्न सकिँदैन थियो, अहिले पुल बनेपछि धेरै सजिलो भएको छ ।’

पुल नहुँदा पैदलयात्रुलाई मात्र होइन मोटरसाइकललगायतका सवारी साधनसमेत बर्खाका बेलामा जोखिम मोलेर खोलाबाट वारपार गराउन पर्दाको कठिनाइ उस्तै थियो । मेलापात र अर्मपर्म गर्नका लागि मात्र नभएर नजिकको बजार गोरखा सदरमुकाममा पुगेर दैनिक उपभोग्य सामग्री खरिदका लागि ताक्लुङ र आसपासका बासिन्दालाई लुदीखोला वारपार नगरी सुखै थिएन ।

‘छोटो र मुख्य बाटो भएकाले पनि घन्टाैँ लगाएर घुमेर सदरमुकाम पुग्नुभन्दा अधिकांश मानिस जोखिम मोलेरै खोला वारपार गर्ने गर्दथे’, अर्का स्थानीयवासी रामचन्द्र ढकालले भने । ‘बर्खाका बेला घाँटीघाँटीसम्म आउने खोला तरेरै भए पनि काम टार्न पर्‍थ्यो’, उनले भने, ‘हामी कयौँ पटक लौरोले पानी नापेर पनि खोला वारपार गरियो ।’

लुदीखोलामा अहिले २१ दशमलव ७० मिटर लम्बाइ र छ मिटर चौडाइको पक्की पुल निर्माण भए पनि यहाँका बासिन्दाले वर्षाैंदेखि भोग्दै आएका समस्या हटेको छ । पुल निर्माण भएसँगै गाउँपालिकाभित्र उत्पादन हुने कृषिजन्य सामग्रीको बजारीकरणका लागिसमेत सजिलो भएको सहिद लखन गाउँपालिका–५ ताक्लुङकी सानुमाया परियारले बताए ।

सहिद लखन गाउँपालिकाबाट लुदीखोला हुँदै मुख्य राजमार्ग पृथ्वी राजमार्गसँग जोडिएको सबैभन्दा छोटो बाटो भएकाले पनि लुदीखोलामा पक्की पुल बनेपछि त्यहाँका स्थानीयवासीलाई राजधानी काठमाडाैं, पोखरा, चितवनलगायतका शहर आवतआवतमा समेत छिटो र सजिलो भएको उनले बताए ।

झोलुङ्गे पुलसमेत नहुँदा यहाँका स्थानीयवासीले बर्खाका समयमा अत्यावश्यक काम खोला तर्नै नसक्ने अवस्थामा लामो दूरी हुँदै घमेर एकदिन नै लगाएर गोरखा सदरमुकाम पुग्नुपर्ने बाध्यतासमेत रहेको थियो । लुदीखोलामा कुल तीन करोड ४४ लाख ३१ हजारको लागतमा पक्की पुल निर्माण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रातो मच्छिन्द्रनाथको रथारोहणपछिको हर्ष बढाइँ(फोटोफिचर)

काठमाडौँ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई बिहीबार रथारोहण गरिएको छ ।

मधेश प्रदेशमा आगलागीबाट १९ जनाको मृत्यु

जनकपुरधाम । मधेश प्रदेशमा विगत १० महिनामा आगलागीबाट १९ जनाको अकालमा मृत्यु भएको

नेपाल प्रहरीका डीआइजीद्वय जोशी र ढकाल एआइजीमा बढुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका डीआइजीद्वय उमेशराज जोशी र भीमप्रसाद ढकाललाई डीआइजीमा बढुवा

‘मार्किङ पोल’ ढलेपछि मनास्लु पदमार्गमा पर्यटकलाई समस्या

गोरखा । उत्तरी गोरखाको मनास्लु क्षेत्रअन्तर्गत माथिल्लो मनास्लु पदमार्गका विभिन्न ठाउँमा राखिएका ‘मार्किङ