५१ भूपू सैनिकलाई ‘वरिष्ठ योद्धा सम्मान’



चितवन । चितवनका ५१ जना भारतीय भूपू सैनिकलाई ‘वरिष्ठ योद्धा सम्मान’द्वारा सम्मानित गरिएको छ । भारतको महावाणिज्य दूतावास वीरगन्ज र भूपू सैनिक कल्याणकारी क्लबद्वारा संयुक्त रुपमा शनिबार आयोजित सो कार्यक्रममा ८० वर्षमाथिका भारतीय भूपूसैनिकलाई सम्मान गरिएको थियो ।

सो अवसरमा पूर्वजर्नेल डा प्रेमसिंह बस्न्यातले भूपू सैनिकले पुर्याएको योगदानलाई नेपाल र भारत दुवैले सम्मान गर्नुपर्ने बताए । उनले भूपूसैनिकहरूले दुई देशको सम्बन्धलाई सुमधुर राख्नका लागि पुलको भूमिका खेलेको बताए ।

भारतको महावाणिज्य दूतावास वीरगन्जका महावाणिज्यदूत नितेश कुमारले भूपू गोर्खा सैनिकलाई भारत सरकारले निरन्तर सम्मान गरिरहने बताए । उनले दूतावासले पहिलोपटक सम्मानको कार्यक्रम आयोजना गरिएको जनाउँदै यसलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा सम्मानित भएका भूपू सैनिकहरूले आफूहरूले पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेकामा खुसी व्यक्त गरका थिए । कार्यक्रममा डा लक्ष्मीकान्त पाण्डे, धनबहादुर थापालगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह

सर्लाही ।गैरसरकारी संस्था महासंघ नेपाल सर्लाहीसहित विभिन्न सामाजिक संघ-संस्थाहरूले विवाहको न्यूनतम उमेर २०

तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर

ढोरपाटन (बागलुङ)। अग्ला पहाड र थुप्रै जंघार पार गरेपछि पुग्न सकिन्छ ढोरपाटन ।

बाढीले बस्ती बगाएपछि चार महिनादेखि त्रिपालमुनिको बास

धुलिखेल। काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित खानीखोला गाउँपालिका– ६ चनौटे नयाँ बस्तीका प्रकाश सिङतान चार

वडामै योजना सम्झौता : समय र खर्चको बचत

म्याग्दी । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धौलागिरि गाउँपालिकाले घुम्ती