पर्वतका ४० प्रतिशत पिउने पानीमा दिसामा हुने जिवाणु इ.कोली



पर्वत । पर्वतमा रहेका पानीका मुहानमध्ये ४० प्रतिशतमा दिसामा हुने जीवाणु ‘इ.कोली’ को मात्रा उच्च रहेको पाइएको छ ।जिल्लाका सात स्थानीय तहमा पुगेर नमूनाका रूपमा लिइएका मुहानका पानी परीक्षण गर्दा ४० प्रतिशतभन्दा बढी मुहानको पानीमा इ.कोली र कोलीफर्म रहेको पाइएको स्वास्थ्य कार्यालय पर्वतका निमित्त प्रमुख सन्तोष पौडेलले जानकारी दिए ।

 

यो नतिजाले जिल्लाका अधिकांश नागरिकले दूषित पानी पिउने गरेको र यसले उनीहरूको स्वास्थ्यमा असर गरिरहेको उहाँको भनाइ छ ।

स्वास्थ्य कार्यालय पर्वतले आज खानेपानी गुणस्तरसम्बन्धी सरोकारवाला निकाय माझ उक्त नतिजा सार्वजनिक गरेको हो । ‘इ.कोलीको कारण झाडापखाला, हैजा, भाइरल ज्वरो र रुघाखोकीलगायत महामारीजन्य रोगको सङ्क्रमण हुने खतरा बढेको छ ।  यसले मानवीय स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको छ”, उनले भने, ‘हिउँदको समयमा भन्दा वर्षातको समयमा इ.कोली बढी भेटिन्छ । वर्षाका कारण बगेर आएको पानीले पानीको स्रोतमा जमिनको सतहमा रहेको फोहरसहितको पानी मिसाउँछ । एक ठाउँको फोहर बगेर अर्को ठाउँमा जान्छ।’

ल्याब टेक्निसियन दीपा केसीका अनुसार खाने पानीका स्रोतमा दिसामा पाइने उक्त जीवाणु उच्च मात्रामा रहेको पाइएको छ । उनका अनुसार कुस्मा नगरपालिकाभित्रका विभिन्न पाँच वटा आयोजनाबाट २० वटा नमूना सङ्कलन गरी परीक्षण गरिएकोमा आठ वटामा इ.कोली देखिएको छ भने बाँकी १२ वटा नमूनामा खान योग्य देखिएको छ ।

मोदीका नौ वटा आयोजनाको ३५ वटा नमूनामध्ये नौ वटामा इ.कोली भेटिएको छ भने बाँकी २६ वटा खान योग्य पाइएको छ । जलजला गाउँपालिकाका ७ वटा आयोजनाबाट २३ वटा नमुना सङ्कलन गरिएकोमा ७ वटा पानीको नमुनामा इ.कोली देखिएको छ भने बाँकी १६ वटा खान योग्य पाइएको छ ।

फलेवास नगरपालिका भित्रका विभिन्न १५ ठाउँमा रहेका पानीका स्रोतको परीक्षण गर्दा तीमध्येका आठ वटामा इ.कोली देखिएको छ भने बाँकी ७ वटा खान योग्य पाईएको छ ।

यसैगरी विहादी गाउँपालिका भित्रका १८ वटा श्रोतको पानी परीक्षण गर्दा १० वटामा इ.कोली देखिएको छ भने बाँकी ८ वटा खान योग्य पाईएको छ । पैंयुँ गाउँपालिकामा पुगेर २७ वटा श्रोतको पानी परीक्षण गर्दा १५ वटामा इ.कोलीको मात्रा देखिएको छ भने बाँकी १२ वटा पिउन योग्य पाईएको केसीले बताइन् ।

महाशिला गाउँपालिकाका १७ वटा श्रोतको पानी परिक्षण गर्दा सात वटामा इ.कोली भेटिएको छ भने बाँकी १० वटा श्रोतको पानी पिउन योग्य रहेको भेटिएको छ । झाडापखाला, हैजा, भाइरल ज्वरो र रुघाखोकीलगायत महामारीजन्य रोगको सङ्क्रमणबाट जोगिनका लागि पानीलाई शुद्धीकरण गर्नुपर्ने ल्याब टेक्निसियन केसीले बताइन् ।

‘इ.कोलीयुक्त पानी पिउँदा दिसाजन्य रोगहरूले महामारीको रूप लिन सक्ने पनि अवस्था आउँछ । यसबाट जोगिनको लागि उपभोक्ता स्वयंले पानीको शुद्धीकरणमा ध्यान दिनुपर्छ”, उनले भनिन्, ‘यो बर्खाको बेलामा कोलीफर्म मात्र नभई अरू कारणले पनि पानी दूषित बनेको हुन्छ । यो जमिनमा भएको फोहर बाढीले बगाउँदै पिउने पानीमा मिसाएको हुन्छ । जसमा धेरै प्रकारका सङ्क्रमणको जोखिम रहेको हुन्छ । त्यसैले पानी राम्रोसँग उमालेर, फिल्टर गरेर वा अन्य उपाय अपनाएर शुद्ध बनाएर पिउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालको डिजिटल प्रणाली विस्तारमा सहयोग गर्न स्टोनिया इच्छुक

काठमाडौँ । उत्तरपश्चिमी युरोपेली मुलुक इस्टोनियाले नेपालको डिजिटल प्रणाली र साइबर सुरक्षामा सहयोग

पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने सहमति

काठमाडौं । ताप्लेजुङको पाथीभरा(मुक्कुम्लुङ) मा केबलकार निर्माणको विरोधमा अन्दोलनरत पक्ष र सरकारबीच ६

बिरामीलाई औषधि छैन, उपकरण बिग्रियो भन्नेलाई अब कारबाही हुन्छः स्वास्थ्यमन्त्री पौडेल

  भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कुनै पनि सरकारी अस्पतालका फार्मेसीले

गैँडा स्थानान्तरणको काम सकियो

चितवन ।  चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरबाट चार वटा गैँडा स्थानान्तरणसँगै यस वर्षका