प्रहरी महानिरीक्षक र राष्ट्रसङ्घका उपमहासचिवबीच भेटवार्ता



 

काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र संयुक्त राष्ट्रसङ्घको शान्ति कार्य विभाग हेर्ने उपमहासचिव जाँ–पिय ल्याक्ख्वाबीच  भेटवार्ता भएको छ ।

बुधबार प्रहरी प्रधान कार्यालयमा भएको भेटमा उपमहासचिव ल्याक्ख्वाले संयुक्त राष्ट्र सङ्घको अनुरोधमा विभिन्न देशमा शान्ति स्थापनार्थ खटिएका नेपाल प्रहरीका कर्मचारीको योगदानको प्रशंसा गरेका थिए ।

त्यस अबसरमा प्रहरी महानिरीक्षक कुँवरले मानव अधिकार संरक्षण एवम् प्रवद्र्धन गरी संयुक्त राष्ट्रसङ्घको विधानप्रति सदैव प्रतिबद्ध रहँदै शान्ति स्थापनार्थ नेपाल प्रहरी परिचालित भएर पुर्याएको योगदानबारे चर्चा गरे ।

भेटमा उनीहरूबीच संयुक्त राष्ट्रसङ्घको अनुरोधमा विभिन्न मिसनमा शान्ति स्थापनार्थ परिचालित हुने नेपाल प्रहरीको सहभागिता बढाउने, राष्ट्रसङ्घमा नेपाल प्रहरीको योगदान र आपसी हितलगायत विषयमा छलफल भएको थियो ।

त्यसअवसरमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ, केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतलगायत अन्य वरिष्ठ प्रहरी अधिकृतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह

सर्लाही ।गैरसरकारी संस्था महासंघ नेपाल सर्लाहीसहित विभिन्न सामाजिक संघ-संस्थाहरूले विवाहको न्यूनतम उमेर २०

तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर

ढोरपाटन (बागलुङ)। अग्ला पहाड र थुप्रै जंघार पार गरेपछि पुग्न सकिन्छ ढोरपाटन ।

बाढीले बस्ती बगाएपछि चार महिनादेखि त्रिपालमुनिको बास

धुलिखेल। काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित खानीखोला गाउँपालिका– ६ चनौटे नयाँ बस्तीका प्रकाश सिङतान चार

वडामै योजना सम्झौता : समय र खर्चको बचत

म्याग्दी । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धौलागिरि गाउँपालिकाले घुम्ती