मेलम्चीको खानेपानी वर्षाभर सञ्चालनको योजना



 

काठमाडौं । विगत दुई वर्ष वर्षाको समयमा मेलम्चीको पानी काठमाडौँ ल्याउन नसकिएकामा यो वर्षदेखि  वर्षाभर पनि  ल्याउने योजना बनाइएको छ । ठूलो वर्षा भएर आयोजनाको माथिल्लो भागमा क्षति हुने अवस्था भएमा बाहेक सामान्य वर्षा भइरहे पनि पानी नियमित सञ्चालन गर्न लागिएको हो ।

ढोकाहरू प्रविधिमार्फत खोल्न र बन्द गर्न सकिने तथा बाढीको पूर्वसूचना थाहा हुने प्रविधिका कारण वर्षामा समेत नियमित सञ्चालनको योजना बनाइएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

अहिले सबै ढोकाहरु उपकरणमार्फत (हाइडो मेकानिकल्ली) बन्द गर्ने र खोल्ने व्यवस्था मिलाइसकिएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । ढोकाहरू मानिस नगएरै सञ्चालन गर्न सकिने भएकाले पानी सफा हुँदासम्म चलाइराख्न सकिने उनको भनाइ थियो । सूचना अधिकारी पन्तले भने, “पानी धमिलो आएको बेला बन्द गर्ने गरी उपाय अपनाइएको छ ।”

सामान्य वर्षामात्र हुँदा पानी नियमित पथान्तरण गर्न सकिने भए पनि ठूलो किसिमको बाढी आयो र ढुङ्गाहरु नै बगाउने भएमा त्यस्तो अवस्थामा पूरै बन्द गर्नुपर्ने उनले बताए । पानी धमिलो भएमा थोरै पानी पठाएर त्यसलाई धुने योजना समितिको  छ ।

“कहिलेदेखि पानी नियमित सञ्चालन गर्ने भन्ने विषयमा अहिले समिति पर्ख र हेरको अवस्थामा रहेको छ । ठूलो क्षति हुने अवस्थामा बाहेक पानी ल्याउन रोकिँदैन । माथितिर ठूलो वर्षा भएको र बाढी आउने सम्भावना छ भन्ने पूर्वसूचना आउँदा ढोका बन्द गरिने छ”, सूचना अधिकारी पन्तले भने, “सुरुङभित्र पानी रहिरन्छ र बीचमा केही समयका लागि बन्द भए पनि पानी सङ्लो हुँदा पुनः चलाउने गरी तयारी गरिएको छ ।”

गत वर्ष जसरी यो महिनादेखि त्यो महिनासम्म बन्द गर्ने भनी अहिले नै तालिका बनाएर नगरिने भए पनि बाढीका कारण बन्द गर्नुपर्दा छोटो समयका लागिमात्र बन्द हुनसक्ने उनको भनाइ थियो । धमिलो पानी आएको समयमा बन्द गर्दै खोल्दै गरेर चलाउन सकिने भए पनि त्यसो गर्दा सुरुङमा बालुवा जाने सम्भावना बढी हुन्छ । पछि केही समय सुरुङ सफा गर्न पनि पानी वितरण बन्द गर्नुपर्ने हुँदा पहिले नै सावधानीपूर्वक चलाउन लागिएको हो ।

सुरुङको नियमित मर्मतसम्भार र निरीक्षण योजना बनाएर गरिँदै आपइएको छ । वर्षामा पनि धमिलो पानी आउँदा केही समयका लागि बन्द गरे पनि पुनः सञ्चालन गर्न समस्या नहुने सूचना अधिकारी पन्तले बताए । सुरुङमा रहेको १ नम्बर ढोकाबाट पानी गएपछि नौ नं ढोकाले  पखाल्ने काम गर्छ । पखालेपछि केही समय सुरुङमा पानी नराखिने र त्यो त्यो ढोका सफा भएपछि पुनः सुरुङतर्फ पानी पठाइने योजना रहेको छ ।

सामान्य वर्षाले मेलम्ची नदीको सतहमात्र बढेको छ भने पानी सुरुङमा नियमित पठाउन समस्या नहुने समितिले जनाएको छ  । विसं २०७८ असार १ मा आएको जसरी एकै पटक ठूलो बाढी आएमा भने बन्द गर्नुपर्ने हुनसक्ने उनले बताए । संरचना नै क्षति हुने गरी बाढी आएमा मात्रै लामो समय सुरुङ बन्द हुनसक्छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लुम्बिनीको संरक्षण र विकासका लागि १२ बुँदे योजना प्रस्ताव

  लुम्बिनी (मर्चवार) । लुम्बिनी विकास कोष र लुम्बिनी बचाउ महाअभियानको संयुक्त अध्ययन

सार्वजनिक पद धारणा गरेका ६ हजार सात सय पाँच जनाले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौँ । सार्वजनिक पद धारणा गरेका ६ हजार सात सय पाँच जनाले गत

  प्रहरी प्रवक्तामा एसएसपी कार्की

काठमाडौँ ।   नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्की

वैशाखमा आगलागी र वन डढेलोबाट २६ जनाको मृत्यु

  काठमाडौँ ।  वैशाखमा अधिकतम् तापक्रममा वृद्धि भएसँगै मुलुकभर भएका आगलागी र वन