महानगरपालिका क्षेत्रभित्र सीसीटिभी जडान र सञ्चालनका विषयमा महानगर नेपाल प्रहरीबीच सम्झौता



काठमाडौं । महानगरपालिका क्षेत्रभित्र सीसीटिभी जडान र सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।

सहरको शान्ति सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदुषण, सार्वजनिक सम्पत्तिको उपयोगजस्ता सहरी सुशासन र महानगरपालिकाको कार्य सम्पादनलाई सूचना प्रविधि प्रणालीमा आवद्ध गराउन महानगरपालिकाले नेपाल प्रहरीलाई रकम उपलब्ध गराउने भएको हो ।

यसका लागि बिहीबार प्रमुख बालेन्द्र साह (बालेन) को रोहबरमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवाली बिच सम्झौता पत्रमा हस्ताक्षर भयो ।

उपलब्ध गराइने रकममध्ये ५० प्रतिशत अर्थात् ३ करोड रुपैयाँ आउँदो १५ दिन भित्र र बाँकी रकम खरिद सम्झौताबमोजिम कार्य सम्पादन भएपछि भुक्तानी दिइनेछ ।

सम्झौतापछि महानगरका प्रमुख साहले सहरी व्यवस्थापनसँग सम्बन्धित अवस्था हेर्न महानगरभित्रै पनि सीसीटिभी निगरानी कक्ष स्थापना गर्नु पर्नेमा जोड दिए ।

नेपाल प्रहरीसँग सीसीटिभी क्यामरा सञ्चालन सम्बन्धी प्राविधिक जनशक्ति छन् । यसलाई निगरानी गर्ने संयन्त्रसँग अनुभव छ । यसकारण हामीले नेपाल प्रहरीलाई सीसीटिभी क्यामरासँग सम्बन्धित कामका लागि सहयोग गरेका हौँ । महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीको भनाइ छ ।

सीसीटिभीका सन्दर्भमा कुरा गर्दै प्रविधिमा आधारित कृत्रिम वौद्धिकता जोडेर सीसीटिभीबाट प्राप्त हुने दृश्यलाई बर्गीकरण गर्न थालिएको उल्लेख गरे । ‘हामी जाम भएको सडकबाट मोटरसाइकल मात्र छुट्याएरर हेर्न सक्छौँ । मोटरसाइकलमा पनि कुनै रङ विशेष मात्र पनि हेर्न सक्छौँ । कार, सार्वजनिक यातायातका साधनहरु हरेकलाई छुट्याएर हेर्न सक्छौँ । यसले विवादमा पक्षलाई चित्त बुझाउन, चोरी, लुटपाट तथा अन्य असामाजिक क्रियाकलापमाथि निगरानी गर्न सहज भएको छ ।’

सम्झौतामा उल्लेख गरिएको कामहरु गृह मन्त्रालयबाट जारी भएको सीसीटिभी जडान तथा सञ्चालन सम्बन्धी कार्यविधिलाई आधार कार्यान्वयन गरिनेछ । सीसीटिभी रिङ् नेटवर्क टोपोलोजी, भिडियो व्यवस्थापन प्रणाली, मर्मत सम्भार तथा निगरानीका लागि छुट्टै सवारी सम्बन्धी योजना तयार पारिनेछ ।

यसका लागि ६ जना पदाधिकारी रहने समिति हुनेछ । यसमा महानगरकातर्फबाट सूचना प्रविधि विभागका प्रमुख, नगर प्रहरी बलका प्रमुख, सूचना प्रविधि शाखा प्रमुख रहनेछन् । यस्तै नेपाल प्रहरीकातर्फबाट प्रहरी प्रधान कार्यालय सञ्चार निर्देशनालयका प्रतिनिधि १ जना, काठमाडौँ उपत्यका प्रहरी कार्यालय सञ्चार शाखा प्रमुख १ जना र प्रहरी कार्यालयमा कार्यरत प्राविधिक अधिकृत प्रतिनिधि १ जना रहनेछन् ।

सम्झौताबमोजिम राखिने सीसीटिभी क्यामराहरु पीटीजेड (प्यान, टिल्ट, जुम) विशेषताका हुनेछन् । क्यामरा जडान भएका ठाउँहरुमा रात्रीकालीन दृश्य हेर्नका लागि सडक वत्तीको व्यवस्था गरिनेछ । निगरानी कक्षका लागि छुट्टै वैकल्पिक पावर सिस्टमको व्यवस्था गरिनेछ । महानगरको भौगोलिक क्षेत्रभित्र दुवै पक्षको नीति र आवश्यकताका आधार सीसीटिभी राख्ने स्थान एकिन गरिनेछ ।

महानगरका वडाहरुले जडान गर्ने सीसीटिभी क्यामरा जडानका लागि नेपाल प्रहरीले प्राविधिक सहयोग गर्ने, प्रणालीमा आवद्ध गर्ने, उपकरण तथा संयन्त्र हस्तान्तरण गरि लिनदिन सक्नेछ ।

सूचना प्रविधि विभागका प्रमुख नमराज ढकालका अनुसार यसअघि २०७५ फागुन १५ गते सम्झौता गरेर महानगरले प्रहरीलाई ३ करोड रुपैयाँ उपलब्ध गराएको थियो । त्यस सम्झौताबमोजिम जडान गरिएका १६५ वटा सीसीटिभी क्यामरामध्ये अहिले १५८ वटा चालु अवस्थामा छन् । राखिएकामध्ये सडक विस्तारका क्रममा ७ वटा प्रयोगविहीन भए ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीकाअनुसार उपत्यकामा भएका ३ हजार २३१ सीसीटिभी क्यामरामध्ये १ हजार ५१ वटाको दृश्य कन्ट्रोल रुमबाट निगरानी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ जरुरी

काठमाडौं । सरोकारवालाहरुले मुलुकको आर्थिक विकासका लागि डिजिटल गभर्नेन्स जरुरी रहेको बताएका छन्

अबुधाबीस्थित नेपाली दूतावासले श्रमिकलाई सचेतना अभिवृद्धि गराउँदै

अबुधाबी।  सरकारले श्रम सुशासनका क्षेत्रमा लागू गरेका नीतिगत, कानूनी तथा प्रक्रियागत विषयमा यूएईको

लस एन्जलसमा नेपाली पर्यटन प्रवर्द्धन

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको पर्यटन मेलामा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ ।

ढोरपाटनमा यो वर्ष पहिलोपटक हिमपात

ढोरपाटन (बागलुङ) । ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । लामो