बेमौसमी वर्षाले धान उत्पादन घट्ने कञ्चनपुरका किसानको चिन्ता



महेन्द्रनगर । धान भित्राउने बेलाको बेमौसमी वर्षाले गर्दा यसवर्ष धान उत्पादन घटने भएकाले यहाँका किसान चिन्तित छन् । किसान देवकी पन्तले यसवर्ष धान भित्राउने बेलामा आएको वर्षाले धानमा नोक्सानी गरेको बताइन् ।

“चार दिनदेखिको वर्षाले बालामै धान टुसाउन लागेको छ धेरै ठाउँमा वर्षाले धान ढलेर कुहिन थालेको छ ।” उनले भनिन्,“गतवर्ष जस्तै यसवर्ष पनि धान उत्पादन घट्ने चिन्ता लागेको छ ।”

भीमदत्त नगरपालिका–९ का ललितमोहन अवस्थीले पनि गत वर्षजस्तै यसवर्ष पनि धानमा क्षति पुगेको बताए । “सुरुमा धानमा रोग देखिएर क्षति भयो र अहिले भित्र्याउने बेला वर्षाले क्षति पुगेको छ ।” उनले भने,“धानका बोट ढलेर खेतमा कुहिन लागेका छन् ।”

कञ्चनपुर कृषि ज्ञान केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले गत वर्षको बेमौसमी वर्षाका कारण धान उत्पादनमा कमी आएको र यसवर्ष पनि तीन दिनदेखिको लगातारको वर्षाले धानको उत्पादनमा कमी आउनेसक्ने जानकारी दिए ।

“गतवर्ष कात्तिकमा आएको वर्षाले कञ्चनपुरमा १७ हजार हेक्टरको धानमा क्षति पुर्याएको थियो ।” उनले भने, “यस वर्ष पनि बेमौसमी वर्षा चलिरहेको छ धान उत्पादन घट्ने वा बढ्ने केही दिनपछि मात्रै थाहा हुन्छ ।” जिल्लामा ४८ हजार आठ सय ९६ हेक्टर जमिनमा धान खेती गरिँदै आएको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लिम्पियाधुरा क्षेत्र जोड्ने सडकका लागि बजेट विनियोजन नगरिएको भन्दै संसदको रोष्ट्रममै मौनधारण

काठमाडौँ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र

बालबालिका लक्षित पुस्तक ‘आँखालाई माया गर्नुहोस्’ लोकार्पण

  काठमाडौँ । नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्क र तिलगङ्गा आँखा प्रतिष्ठानकी

सरकारले बलमिच्याइँ गरेर जथाभावी बजेट बाँडेको प्रवक्ता महतको आरोप

काठमाडौँ । पूर्वअर्थमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले

संसदीय समिति बैठकमा गैरसरकारी संस्थाकाे सहयाेग नलिन सभामुख र राष्ट्रियसभा अध्यक्षकाे निर्देशन

  काठमाडौँ ।  सङ्घीय संसद सचिवालयले संस्थागत जानकारी एवं अनुमतिबिना गैरसरकारी संस्थाको सहयोग