गाँजाको औषधीय प्रयोजनका लागि अनुसन्धान गर्न सैद्धान्तिक स्वीकृति दिने तयारी



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गाँजाको औषधीय प्रयोजनका लागि अनुसन्धान गर्न स्वीकृति दिने तयारी गरेको छ । लामो समयदेखि यस विषयमा संसद्मा र संसद् बाहिर वकालत गर्दै आएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाको निर्देशनमा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो ।

स्वास्थ्य मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकले राष्ट्रिय विकास समस्या समाधानमा यो एजेन्डा अघि बढाउने निर्णय गरेको हो । समितिको बैठकको निर्णयमा गाँजाको नमुना सङ्कलन गर्न कानुनी बाधा परेको भन्दै औषधीय प्रयोगका लागि अनुसन्धान गर्न कानुनी व्यवस्था तयार गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खतिवडाका प्रेस सल्लाहकार शान्तराम बिडारीले जानकारी दिए ।

मन्त्री खतिवडाद्वारा बुधबार प्रमाणित निर्णयमा भनिएको छ, “गाँजाको औषधीय गुण तथा विषाक्तताको अनुसन्धान कार्यको लागि नमुना सङ्कलन गर्न कानुनी बाधा परेको औषधीय प्रयोगका लागि अनुसन्धान गर्न कानुनी व्यवस्था तयार गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने ।” गाँजा खुला गर्ने विषयमा संसद्मा विधेयक प्रस्तुत गर्नका लागि मस्यौदा तयार भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि १० वर्ष आयकर छुट दिने

काठमाडौँ । सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने

खोकनामा चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१ खोकनामा भएको चोरी

सहकारी ठगी छानबिन गर्न संसदीय समिति गठन गर्ने चार दलबीच सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसदको गतिरोध अन्त्य गर्न संसदीय

फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक

काठमाडौं । सु ब्रिजम्यानद्वारा लिखित ‘द सीक्यू एज’ पुस्तक सार्वजनिक गरिएको छ। काठमाडौंमा