प्रधानसेनापतिद्वारा महेन्द्रनगरमा निर्माणधीन होल्डिङ सेन्टर निरीक्षण



कञ्चनपुर । प्रधानसेनापति प्रभुराम शर्माले कञ्चनपुरको महेन्द्रनगरस्थित होल्डिङ सेन्टरको स्थलगत निरीक्षण गरेका छन् । सुदूरपश्चिमको भ्रमणमा रहेका प्रधानसेनापति शर्माले शुक्रबार सेनाको निगरानीमा यहाँको भगतपुरमा निमार्णाधीन होल्डिङ सेन्टरको निरीक्षण गरेका हुन् ।

निरीक्षणका क्रममा प्रधानसेनापति शर्माले सरकारले तोकेको मापदण्डअनुसार होल्डिङ सेन्टर निर्माण, गुणस्तरमा जोड र समयमै सम्पन्न गर्न निमार्णमा संलग्न पक्षलाई निर्देशनसमेत दिए । “निर्माण सम्झौता भएअनुसार सामग्रीको प्रयोग र सोही अनुसारको लगानी हुनुपर्यो,” उनले भने, “निर्माण कमसल लगायतका दोष पछि गएर सेनालाई नआओस् ।”

प्रधानसेनापति शर्मासँगै निरीक्षणमा रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा, सहसचिव बाबुराम अधिकारी र जिल्ला कोभिड व्यवस्थापनको टोलीसमेत सहभागी थियो । २९ करोडको लागतमा एक हजार शय्याको उक्त होल्डिङ सेन्टर निर्माणको अवधि आगामी फागुन १५ गतेसम्म रहेको छ । निर्माणमा नेपाली सेनाको प्राविधिक टोलीसमेत खटिएको छ ।

चालु आर्थिक वर्षमा नेपाली सेनाले पश्चिमी नाकासहित मुलुकभर आठ स्थानमा होल्डिङ सेन्टर बनाउन थालेको छ । होल्डिङ सेन्टर निर्माणको जिम्मा पाएको हनुमान कन्सट्रक्सन प्रालिका प्रतिनिधि लक्ष्मण सापकोटाले ९५ प्रतिशत काम सकिएको जानकारी दिए । उनले भने, “फागुनसम्म निर्माण सकेर हस्तान्तरणको तयारीमा छौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आपराधिक गतिविधिमा संलग्न ११ जना पक्राउ

काठमाडौँ। आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा देशका विभिन्न भागबाट ११ जना पक्राउ परेका

घुससहित पक्राउ परेका किताबखानाका शाखा अधिकृत प्रसाईंसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय किताबखाना (शिक्षक) छाउनी, काठमाडौंमा कार्यरत शाखा

पाथीभरामा केबलकार निर्माण विवाद थप चर्किँदै, बन्दले पूर्वको जनजीवन प्रभावित

विराटनगर । पाथीभरामा केबलकार निर्माणको निर्णय खारेजीको माग गर्दै संघर्षरत समूह, मुक्कुमलुङ संरक्षण

गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

गुल्मी । कालीगण्डकी गाउँपालिका–२ अर्बेनीबाट बिसौनातर्फ गइरहेको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी ५०–६०