ट्राफिक नियम उल्लंघन गरेबापतको जरिवाना अब तत्कालै कारबाही स्थलबाटै भुक्तान गर्न पाइने



काठमाडौं । उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सेवालाई प्रविधिमैत्री बनाउन अभियान  थालेको छ । ट्राफिक प्रहरीले दिने सेवालाई प्रविधिमैत्री बनाउँदै आम सेवाग्राहीलाई सहज सेवा प्रदान गर्ने अभियानतर्फ लम्किरहेका बेला बिहीबारदेखि थप सेवा सुरु गरेको छ ।

सवारी चालकहरुले ट्राफिक नियम उल्लंघन गरे पश्चात ट्राफिक प्रहरीले जारी गर्ने २४ घण्टें पुर्जी बापत नियमानुसार तिर्नुपर्ने जरिवाना रकम अब तत्कालै कारबाही स्थलबाटै भुक्तान गरी आफ्नो कागजपत्र फिर्ता लिन सकिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बिहीबार एक कार्यक्रमकाबीच प्रविधिमा आधारित “पे फाइन अन द स्पोर्ट–इन्स्ट्यान्ट पेमेन्ट सिस्टम” व्यवस्थाको शुरुवात  गरेका छन् ।

त्यस अवसरमा एसएसपी भट्टराईले ट्राफिक सेवा आधुनिक तथा प्रविधियुक्त हुँदै गएको भन्दै अबदेखि चिट काटेपछि जरिवाना तिरेर ट्राफिक कार्यालयमा गई कागजात फिर्ता लिने व्यवस्थामा परिमार्जन गरि थप सहज बनाउन जरिवाना रकम तत्काल भुक्तान गरी कागजात फिर्ता लिने प्रणालीको आजदेखि शुरू गरेको बताए ।

पहिलो चरणमा गौशाला, दरवारमार्ग, थापाथली, जावालाखेल र जनसेवा गरि पाँच वटा ट्राफिक कार्यालयबाट शुरु गरेको यो सेवालाई क्रमशः अन्य कार्यालयमा समेत बिस्तार गर्ने महाशाखाले जनाएको छ ।

मादक पदार्थ सेवन गरि सवारी चलाएको, लेन अनुशासन पालना नगरेको र रातो बत्ती उल्लंघन गरेका चालकहरुले भने ट्राफिक जनचेतनामुलक प्रशिक्षण लिएपछि ट्राफिक प्रहरी महाशाखाबाट मात्र आफ्नो कागजात फिर्ता लिन सकिने समेत महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

गुल्मी । कालीगण्डकी गाउँपालिका–२ अर्बेनीबाट बिसौनातर्फ गइरहेको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी ५०–६०

अझै सम्पन्न भएन लमजुङ दरबारको पुनर्निर्माण

लमजुङ । लमजुङ दरबार बजेट अभावले पुन निर्माण अझै सम्पन्न हुन सकेको छैन

तनहुँमा ४२ करोड ५० लाखको सुन्तला बिक्री

दमौली (तनहुँ) । तनहुँका किसानले यस वर्ष सुन्तला बिक्रीबाट गरी  ४२ करोड ५०

१२ किलोको काउली फलाएका खत्री भन्छन्– विदेश जाने सोच आएन

बागलुङ। बागलुङ नगरपालिका– ९ तित्याङ थापाथरका पदम खत्रीले १२ केजीको काउली फलाएका छन्