उपत्यकामा ‘क्यूआर कोड’को प्रयोग गरी ट्राफिक जरिवाना तिर्न सकिने



काठमाडौं । काठमाडौँ उपत्यकामा ‘क्यूआर कोड’को प्रयोग गरी ट्राफिक जरिवाना तिर्न सकिने व्यवस्था गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नयाँ सफ्टवेर विकास गरी जरिवाना तिर्ने प्रक्रियालाई सहजीकरण गरेको हो । अब भने उक्त कोडको प्रयोग गरी मोबाइलबाट नै जरिवाना तिर्न सकिने भएको हो ।

महाशाखाले बिहीबार एक कार्यक्रमका बीच उक्त सेवा शुभारम्भ भएको घोषणा गरेको हो । उक्त सेवा प्रारम्भ भएसँगै पैसा तिर्न प्रहरी कार्यालयमा वा बैंंकमा गएर लाइन बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई प्रहरीले क्यूआर कोड भएको चिट काटेर दिनेछ । त्यही चिटको आधारमा मोबाइलबाट स्क्यान गरेर रकम भुक्तानी गर्न सकिने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले सातै प्रदेशमा प्रविधिको उच्चतम प्रयोगलाई बढाउँदै लगिएको जानकारी दिए । हातले रसिद काटेर जरिवाना लिने क्रमको अन्त्यका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष ध्यान दिँदै अघि बढेको र त्यही सिलसिलामा नयाँ सफ्वेयरको विकास गरी सेवा प्रारम्भ गरिएको उनको भनाइ थियो । केही दिनभित्रैमा ३०/४० वटा बैंकमार्फत पैसा तिर्न सकिने गरी सफ्टवेरमा जोडिन पनि महाशाखाले जनाएको छ ।

निकट भविष्यमा नै डिजिटल चिट प्रणालीमा जाने तयारी गरिएको जानकारी दिँदै उनले चालकको मनस्थितिमा परिवर्तन ल्याउनु अर्काे चुनौतीपूर्ण कुरा रहेको बताए । महाशाखाका प्रहरी उपरीक्षक सञ्जीव शर्माले नागरिक प्रविधिमैत्री भइसकेको सन्दर्भमा हामीले पनि प्रविधिको उच्चतम उपयोग गर्नुपर्नेमा जोड दिए ।

तथ्याङ्क हेर्दा ६० प्रतिशत नागरिकसँग स्मार्ट फोन छ भने ७३ प्रतिशत मानिसले बैंक खाता खोलिसकेका छन् । त्यसैले पनि क्यूआर कोड प्रयोग प्रभावकारी हुने दाबी महाशाखाको छ । यो प्रविधिको प्रयोगसँगै अब घण्टौँ लाइनमा लागेर पैसा तिर्नुपर्ने बाध्यता रहने छैन । ट्राफिकसम्बन्धीका अन्य गतिविधिलाई पनि प्रविधिमैत्री बनाउँदै लगिएको जनाइएको छ । यसरी शुल्क तिर्दा आफूलाई पायक पर्ने ठाउँमा गएर आफ्नो कागजपत्र लिन पाउने व्यवस्थासमेत मिलाइने महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोटीमा यसवर्ष आठ करोडको सुन्तला उत्पादन

  डोटी । डोटी जिल्लामा एक वर्षको अवधिमा आठ करोडको सुन्तला उत्पादन भएको

सोलुखुम्बुमा आगलागी र हावाहुरीले २९ संरचनामा क्षति

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा पछिल्ला केही दिनयता आगलागी तथा हावाहुरीले भौतिक संरचनामा

भारतमा भएको दुर्घटनामा महाकुम्भबाट फर्कँदै गरेका पाँच नेपालीको मृत्यु

जलेश्वर । भारत, उत्तरप्रदेशको प्रयागराजमा महाकुम्भ स्थान गरेर फर्किरहेका पाँच नेपालीको दुर्घटनामा परी

आमनागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्छः महामन्त्री शर्मा

  चितवन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आमनागरिकमा विश्वास जगाउने गरी नेताहरूले