नेपाली सेनाद्वारा खुलालु–सलीसल्ला सडक हस्तान्तरण



सिमकोट । नेपाली सेनाले निर्माण गर्दै आएको कर्णाली करिडोरको खुलालु–लैफु सलीसल्ला खण्डको सडक हस्तान्तरण गरेको छ । सेनाले सडक निर्माण सम्पन्न भएपछि सडक विभागअन्तर्गतको हिल्सा– सिमकोट सडक आयोजनालाई बिहीबार हस्तान्तरण गरेको हो ।

नेपाली सेनाको कर्णाली करिडोर सडक निर्माण कार्यदलका प्रमुख मिलन कार्कीले सम्पन्न सडक हिल्सा–सिमकोट सडक आयोजनालाई हस्तान्तरण गरिएको जानकारी दिए । प्रमुख कार्कीले भने, “कोरोनाका कारण निर्धारित समयमा काम सक्न केही ढिलाइ भए पनि सेनाले काम भने पूरा गरेको छ ।” हस्तान्तरण कार्यक्रम बाजुरा जिल्लाको तिथीचौरमा आयोजना गरिएको थियो ।

कर्णाली करिडोरको खुलालु–लैफु हुँदै हुम्लाको सलीसल्ला खण्डको सडक हस्तान्तरण गर्नुअघि सेनाको निर्माण दलका तर्फबाट कार्की र हिल्सा सिमकोट आयोजनाका तर्फबाट योजना प्रमुख बिसुनदास लामाले हस्ताक्षर गरेका थिए । सो पत्र कार्कीले आयोजना प्रमुख लामालाई हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरणपछि सडकको जिम्मेवारी लिँदै आयोजना प्रमुख लामाले अब सडकको पूर्णरूपमा अपनत्व लिने बताए । कार्यक्रममा बाजुरा जिल्लाको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्लको पनि उपस्थिति थियो ।

सेनाले सो खण्डको कालिकोटको खुलालु हुँदै हुम्ला जिल्लाका सलीसल्लासम्मको १२२ दशमलव ७५ किलोमिटर सडक निर्माण पूरा गरेको हो । निर्माण भएको कूल सडकमध्ये हुम्ला खण्डमा ३८ दशमलव चार किलोमिटर सडक पर्छ ।

कोरोनाका कारण सडक हस्तान्तरण कार्यक्रम सेनाले केन्द्रीयस्तरको कार्यक्रम नराखेर जिल्लास्तरमा राखिएको जनाएको छ । खुलालु–लैफु हुँदै सलीसल्ला खण्डको काम विसं २०७० मा सेनाले शुरु गरेको थियो भने हुम्ला खण्डमा २०७३ चैत ९ गतेबाट निर्माणकार्य शुरु गरेको थियो ।

चारवटा गाउँपालिका सडक सञ्चालनमा जोडिए

हुम्लाका चार गाउँपालिका ताँजाकोट, अदानचुली, चंखेली र सर्केगार्ड गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएका छन् । जिल्लाका चार गाउँपालिका सडक सञ्जालसँग जोडिएसँगै दक्षिण क्षेत्रका नागरिकलाई आवतजावतमा सहज हुने भएको छ ।

दक्षिण क्षेत्रका नागरिकले अन्तरजिल्ला जोडिन तथा जिल्लाबाहिर जानका लागि चार दिन हिँडेर सदरमुकाम सिमकोटमा दुई÷तीन दिन बसेर जिल्ला बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले जानकारी दिए ।

नेपाली सेनाले निर्माण गरेको कर्णाली करिडोरको सडकले हुम्लालाई मात्र नभएर बाजुरा, मुगु जिल्लाका नागरिकलाई पनि प्रत्यक्ष टेवा पुगेको अध्यक्ष फडेराले बताए । यहाँका नागरिकले पिठ्यूँमा भारी बोक्नुपर्ने अवस्था र घोडा तथा खच्चडबाट सामग्री ढुवानी गर्नुपर्ने अवस्थाको अन्त्य भएको अध्यक्ष फडेराले बताए ।

जिल्लाका चार गाउँपालिका सडक सञ्जालसँग जोडिएसँगै लैफु–खुलालुबाट सलीसल्लासम्मको १४२ दशमलव ७५ किलोमिटर सडकको अध्ययन गरी बाह्रै महिना यातायात सञ्चालन गरिने आयोजना प्रमुख लामाले बताए । सेनाले सडक हस्तान्तरण गरेसँगै जिल्लाको चंखेली गाउँपालिकाको सलीसल्लासम्म यातायात सञ्चालन हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘म यो घटनाको निर्दोष पात्र हुँ र मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ’

काठमाडौं । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले

विद्यालय बससँग मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु, दुई घाइते

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका–८ काशीटारमा विद्यालयको बससँग दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको

मुद्दा जिताइदिन्छु भन्दै ३० लाख ठगेर फरार भएका व्यक्ति पक्राउ

काठमाडौं । थुनामा रहेका व्यक्ति छुटाइदिन्छु भन्दै विभिन्न व्यक्तिसँग लाखौं रुपैयाँ लिएर फरार

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले लिए अनुमति

  काठमाडौँ । सन् २०२४ को वसन्त याममा सगरमाथा आरोहणका लागि चार सय