चितवनको कालिका नगरपालिकामा गैंडाको खाग फेला



चितवन । पूर्वी चितवनको कालिका नगरपालिकामा गैंडाको खाग भेटिएको छ । डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार बिहीबार बिहान स्थानीयले खाग वेवारिसे अवस्थामा भेटेपछि कार्यालयमा खवर गरेका थिए ।

कालिका नगरपालिका वडा नम्बर १ को चतुर्मुखि सामुदायिक वनको संरक्षित वन क्षेत्रमा ८ दशमलब ५ इन्च लामो ४ सय ४५ ग्रामको खाग भेटिएको हो । भेटिएको खागलाई सुरक्षित रुपमा वन कार्यालयमा ल्याईएको छ ।

सामुदायिक वनका प्रतिनिधि र वन कार्यालयका प्रतिनिधिको रोहोवरमा मुचुल्का उठाई खाग ल्याइएको र सो खागलाई आजै चितवन राष्ट्रिय निकुञ्जमा पठाइने उनले जानकारी दिए । गैंडा एक आपसमा जुधेर खाग भाँचिएको हुन सक्ने अनुमान कार्यालयले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

वसुन्धराश्री र मानश्री पुरस्कार डा. थापा र शाहलाई अर्पण

  काठमाडौँ । विसं २०८१ को वसुन्धराश्री र मानश्री  पुरस्कार वरिष्ठ कूटनीतिज्ञद्वय डा

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।

दाङमा आगलागीबाट एकजनाको मृत्यु

दाङ ।  दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही