नयाँबानेश्वर र शंखपार्कमा वाटर एटीएम शुभारम्भ



काठमाडौँ । काठमाडौँका थप दुई ठाउँमा वाटर एटीएम सञ्चालनमा आएका छन् । पहिले वडा १० बानेश्वरको छक्कुपक्कु पार्क र त्यसपछि वडा ४ को शंखपार्कमा महानगरका प्रमुख र उपप्रमुखले संयुक्त रुपमा एटीएम शुभारम्भ गरेका हुन् ।

यसअघि गत माघ २९ गते शंखघर पार्क (रत्नपार्क) टिकट काउन्टरसँगै, स्वयम्भू भगवान पाउ र बालाजु उद्यान प्रवेशद्वारसँगै वाटर एटीएम स्टेशनहरु सञ्चालनमा ल्याइएका थिए ।

यो ठाउँलाई महानगरले ‘जरुंहिति’ नाम दिएको छ । बटुवाको प्यास मेटाउन काठमाडौंमा जरुंहिति थिए । घरमा पानी लिएर आउने गृहिणीले यी हितिमा एक एक अङ्खोरा पानी राखिदिने गर्थे । त्यो पानी पिएर वटुवा प्यास मेटाउँथे । यस्ता स्थानहरु क्रमशः हराउन थालेपछि महानगरले २०७६ चैत ९ गते स्वच्छ पिउने पानी उपलब्ध गराउन स्मार्ट वाटर भेन्डिङ् मेसिन (वाटर एटीएम) राख्न काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँग सम्झौता गरेको थियो ।

बटुवालाई चाहिएको ठाउँ र चाहिएको मात्रामा स्वच्छ पिउने पानी उपलव्ध गराउनु एटीएम स्थापनाको उद्देश्य हो । प्रणाली शुरुवात गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै काठमाडौं महागरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘अहिले उपभोक्तालाई नचाहिए पनि १ लिटर पानी अनिवार्य किन्नु पर्ने बाध्यता छ । एटीएम जडानपछि उपभोक्ताको यो बाध्यता अन्त्य हुनेछ । मेसिनमा सिक्का खसालेर आफूलाई चाहिने जति मात्र पानी किन्न सकिन्छ ।’

उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, पानीको समस्या समाधान हुनुलाई ठूलो उपलब्धी मान्नुपर्ने उल्लेख गरिन् । हेर्दा, सुन्दा सामान्य जस्तो लागे पनि वाटर एटीएम सुविधा सहरी जीवनका लागि ठूलो भएको उनको भनाई थियो ।

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बार्डले उपत्यकाका १५ ठाउँमा यस प्रकारका प्रणाली जडान गर्दैछ । बोर्डका कार्यकारी निर्देशक सञ्जिवविक्रम राणाकाअनुसार स्थापनापछिका ३ महिना सञ्चालन व्यवस्थापन खर्चसहित प्रणाली जडानको लागत करीब १५ लाख ८६ हजार रुपैयाँ हो । उपत्यकाका सबै प्रणाली जडान गर्दा करीब २ करोड रुपैयाँ खर्च हुनेछ ।

अहिलेको प्रणालीभित्रै १ हजार ५ सय लिटरको र त्यससँगै छेउमा ५ हजार लिटरको ट्याङ्की राखिएको छ । मेलम्चीको पानी वितरण भएपछि मेलम्चीको पाइप प्रणालीमा सोझै जडान गर्ने योजना छ ।

महानगरसँगको सम्झौताबमोजिम विभिन्न ठाउँमा जडान गरिएका वाटर एटीम स्थापना गरेर आउँदो ३ बर्षसम्म सञ्चालन व्यवस्थापनको काम बोर्डले गर्नेछ । महानगरपालिकाले एटीम राख्ने ठाउँ, बिजुली र सुरक्षा उपलब्ध गराएको छ ।

कसरी चलाउने वाटर एटिएम ?
वाटर एटिएम एउटा उपकरण हो । यसको प्रयोग गर्दा शुरुवातमा तिरेको २ रुपैयाँमा एउटा २०० मिलिलिटर पानी अट्ने कप र २०० मिलिलिटर पानी पाइन्छ । त्यसपछिका हरेक २०० मिलिलिटरको पानीको मुल्य १ रुपैयाँ पर्छ । त्यसमा आफूलाई आवश्यकता भएअनुसार पानी लिन सकिन्छ । यदि कसैले बोतल लिएर जाने हो ५ रुपैयाँमा १ लिटर पानी भर्न सकिन्छ ।
क) मेसिनमा १ रुपैयाँको सिक्का मात्र चल्छ ।
ख) गोजीमा सिक्का पैसा छैन भने १० वा ५ रुपैयाँको नोटको सिक्का साट्न सकिन्छ ।
ग) सिक्का साट्न वाटर भेन्डिङ मेसिन सिक्का साट्ने मेसिन राखिएको छ ।
घ) साटेको सिक्कामध्ये १ रुपैयाँको सिक्कालाई कप डिस्पेन्सर मेसिनको सिक्का हाल्ने ठाउँमा छिराउनुपर्छ । यसबाट २०० मिलिलिटर पानी अट्ने कागजको कप आउँछ ।
ङ) कपलाई लगेर धाराको तल राख्ने ।
च) १ रुपैयाँको सिक्कालाई धारासँगैको सिक्का हाल्ने ठाउँमा छिराउने ।
छ) यसमा २०० मिलिलिटर शुद्ध पिउने पानी आउँछ ।
ज) थप पानी खान मन लागे फेरि १ रुपैयाँको सिक्का खसाउँदा २०० मिलिलिटर पानी पाउन सकिन्छ ।
झ) १ लिटर पानी लिनु परे बोतल थापेर १ रुपैयाँका ५ वटा सिक्का खसाउने । १ लिटर पानी प्राप्त हुन्छ ।
ञ) प्रयोग गरिसकेको कपलाई कन्टेनरमा फालिदिने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ जरुरी

काठमाडौं । सरोकारवालाहरुले मुलुकको आर्थिक विकासका लागि डिजिटल गभर्नेन्स जरुरी रहेको बताएका छन्

अबुधाबीस्थित नेपाली दूतावासले श्रमिकलाई सचेतना अभिवृद्धि गराउँदै

अबुधाबी।  सरकारले श्रम सुशासनका क्षेत्रमा लागू गरेका नीतिगत, कानूनी तथा प्रक्रियागत विषयमा यूएईको

लस एन्जलसमा नेपाली पर्यटन प्रवर्द्धन

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको पर्यटन मेलामा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ ।

ढोरपाटनमा यो वर्ष पहिलोपटक हिमपात

ढोरपाटन (बागलुङ) । ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । लामो