वसन्त याममा हिमाल आरोहणका लागि ७१ आरोही समूहलाई अनुमति, ४५ करोडभन्दा बढी रोयल्टी सङ्कलन



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले हालसम्म वसन्त यामको सगरमाथा सहितका विभिन्न हिमाल आरोहणका लागि ७१ आरोही समूहलाई आरोहण अनुमति (एक्सिपिडिशन पर्मिट) दिएको छ । वसन्त यामको हिमाल आरोहणका लागि विभागले शुक्रबारसम्म ७१ आरोही समूहका ६२६ आरोहीले आरोहण अनुमति दिएको हो ।

यस यामको सगरमाथा आरोहणका लागि मात्रै हालसम्म ३६ आरोही समूहका ८४ महिला र २६६ पुरुष गरी कूल ३३८ आरोहीले आरोहण अनुमति पाएको विभागको पर्वतारोहण शाखाका अधिकृत भीष्मराज भट्टराईले जानकारी दिनुभयो । सगरमाथापछि ल्होत्से हिमालका लागि ११ तथा अन्नपूर्ण र धौलागिरि हिमाल आरोहणका लागि समान चार–चार आरोही समूहले अनुमति पाएका छन् ।

त्यस्तै, नुप्सेमा तीन, अमादब्लङ र मकालुमा समान एक आरोही समूहले अनुमति लिएको विभागले जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

कोभिड–१९ महामारीबीच उत्साहवद्र्धक रुपमा चलिरहेको वसन्त यामको हिमाल आरोहणबाट पर्वतीय पर्यटनमा सकारात्मक उत्साह थपिएको छ । सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न हिमाल आरोहणमा आरोहीको आकर्षणले महामारीले शिथिल बनेको पर्यटन क्षेत्र चलायमान हुने उनीहरुको अपेक्षा छ ।

पर्वतारोहणका लागि उपयुक्त मानिने यस वर्षको वसन्त याममा हिमाल आरोहणबापत पर्यटन विभागले हालसम्म ४५ करोडभन्दा बढी रोयल्टी सङ्कलन गरेको छ । विभागको पर्वतारोहण शाखाका अनुसार शुक्रबारसम्म ४५ करोड १९ लाख ५५ हजार ४९४ रुपैयाँ रोयल्टी सङ्कलन भएको छ ।

हिमाल आरोहणका लागि उपयुक्त मौसम वसन्तयामलाई मानिन्छ । यो अनुकूल मौसममा सगरमाथा सहितका विभिन्न चर्चित हिमालमा स्वदेशी तथा विदेशी आरोहीले सर्वाधिक आरोहण गर्छन् ।

सगरमाथा, अन्नपूर्ण, मनास्लुलगायत उच्च हिमशृङ्खला आरोहीको रोजाइमा पर्छन् । वसन्तयामको आरोहणका लागि विभागले यही चैत २ देखि आरोहण अनुमति जारी गरेको थियो । चैत १३ मा सगरमाथा आरोहणको पहिलो ‘पर्मिट’ जारी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जनकपुरको एक होटलमा महिला र पुरुष मृत फेला

  जनकपुर ।  जनकपुरको एक होटलमा मंगलबार दुईजना झुन्डिएको अवस्थामा मृत फेला परेका

आगलागीबाट सुनसरीमा १५ घर जलेर नष्ट, ५० लाखको क्षति

  इनरुवा (सुनसरी) । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा   आगलागी भएको

लगानी सम्मेलनलाई केन्द्रित गरी  सरकारले कानुन संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

  काठमाडौँ । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न १२ वटा

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

    काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आउनुभएका