डाँका मुद्दाका फरार अभियुक्त २७ वर्षपछि पक्राउ



कञ्चनपुर । डाँका मुद्दाका फरार प्रतिवादी साविक परासन गाविस–७ का बलबहादुर सुनारलाई प्रहरीले सत्ताइस वर्षपछि पक्राउ गरेको छ । कञ्चनपुर जिल्ला अदालतको विसं २०५० असार ३ गतेको फैसलाअनुसार छ वर्ष कैद र ६२ हजार ४१५ रुपैयाँ जरिवाना भई लगतमा बसेका प्रतिवादीलाई प्रहरीले घरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका सुनारलाई अदालतमा पेश गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए ।

नेपाल भारत सीमा क्षेत्रमा भारतीयको सहयोग लिई विसं २०३२ देखि सुनार विभिन्न डकैतीका घटनामा संलग्न रहँदै आएका थिए । प्रहरी नायब उपरीक्षक थापाका अनुसार सुनार विसं २०४४, विसं २०४८ र विसं २०५० का डकैतीका बारदातमा संलग्न रहेका थिए । सुनार डकैतीको कार्यमा संलग्न नाइकेका रुपमा रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पोखरामा प्रदशर्नमा उत्रिएका रास्वपा कार्यकर्तामाथि अश्रुग्याँस प्रहार

पोखरा । पोखरामा प्रदशर्नमा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले मंगलबार अश्रुग्याँस प्रहार गरेको छ

बेमौसमी वर्षाले धान बालीमा क्षतिहुँदा किसान मारमा

राँझा (बाँके) । सोमबार साँझ परेको बेमौसमी वर्षाले बाँकेमा काटेर खेतमै सुकाएको धानबालीमा

म्याग्दीमा आयोजना सम्पन्न गर्न ढिलासुस्ती

म्याग्दी । म्याग्दीमा सञ्चालित १२ ठूला आयोजनाको निर्माण अलपत्र परेका छन् । सडक,

पोखरीमा कार डुब्दा बेपत्ता भएका दुईजना मृत फेला

सर्लाही । सर्लाहीमा पोखरीमा कार डुब्दा बेपत्ता भएका दुईजना मृत भेटिएका छन् ।