नेपाली सेनाद्वारा अपरेशन हिमाल दर्शनमार्फत नेपाल–चीन सीमा स्तम्भको रङ्गरोगन
काठमाडौं । नेपाली सेनाले अपरेशन हिमाल दर्शनमार्फत दोलखा जिल्लामा नेपाल–चीन सीमाका सीमा स्तम्भको सरसफाई गरेको छ ।
दोलखा जिल्लामा तैनाथ तारादल गणले चैत २ गतेदेखि २१ गतेसम्म दोलखा जिल्लामा पर्ने अन्तर्राष्ट्रिय सीमा (नेपाल–चीन) ईलाकामा रहेका सीमा स्तम्भहरुको अवस्था अवलोकन तथा आवश्यक सरसफाई गरि मेटिएका अक्षर र नम्बरहरुमा रङ्ग लगाउने कार्य गरेको नेपाली सेनाले जनाएको छ ।