सौतेनी आमा बलात्कार गर्नेलाई जन्मकैदको सजाय



इलाम । ६३ वर्षीया सौतेनी आमालाई बलात्कार गर्ने इलामका २३ वर्षीय एक पुरुषलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्गनामको इजलासले चैत १२ गते ती व्यक्तिलाई जन्मकैदसहित ६० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका स्रेस्तेदार फणिन्द्र भट्टराईले जानकारी दिए ।

विसं २०७७ भदौ ७ गते राति भान्साघरमा सुतिरहेकी आमालाई आरोपितले भित्रबाट लगाएको ढोकाको चुकुल हातले खोलेर भित्र पसी बलात्कार गरेको पाइएको भट्टराईले जानकारी दिए ।

भदौ ८ गते पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । आरोपितलाई भदौ १० गते प्रहरीले गिरफ्तार गरेको थियो । पीडितको भदौ ८ गते इलाम अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बेमौसमी वर्षाले धान बालीमा क्षतिहुँदा किसान मारमा

राँझा (बाँके) । सोमबार साँझ परेको बेमौसमी वर्षाले बाँकेमा काटेर खेतमै सुकाएको धानबालीमा

म्याग्दीमा आयोजना सम्पन्न गर्न ढिलासुस्ती

म्याग्दी । म्याग्दीमा सञ्चालित १२ ठूला आयोजनाको निर्माण अलपत्र परेका छन् । सडक,

पोखरीमा कार डुब्दा बेपत्ता भएका दुईजना मृत फेला

सर्लाही । सर्लाहीमा पोखरीमा कार डुब्दा बेपत्ता भएका दुईजना मृत भेटिएका छन् ।

धानखेत मासेर किबीखेती

गलकोट ।  एकपटकको लगानीले वर्षौँसम्म आम्दानी दिने बहुगुणी फल किबीप्रति बागलुङका किसानको आकर्षण