उपत्यकाको कोरिडोरको सवारी व्यवस्थापनका लागि ‘सिएमटी’ परिचालन



काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको कोरिडोरका सडकमा सवारी आवागमन व्यवस्थापनका लागि बुधबारदेखि छुट्टै ट्राफिक टोली परिचालन गरेको छ । कोरिडोर क्षेत्रका सडक प्रयोग बढाउँदै मुख्य सडक क्षेत्रमा जाम कम गर्ने लक्ष्यसहित ‘कोरिडोर म्यानेजमेन्ट टिम’ (सिएमटी) परिचालन गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराइले जानकारी दिए ।

महाशाखाले बुधबार एक समारोहबीच उक्त टोलीलाई ट्राफिक ज्याकेट हस्तान्तरण गर्दै तोकिएको क्षेत्रमा खटिने गरी परिचालन गरेको छ । कोरिडोरको ट्राफिक व्यवस्थापन १५ समूहमा ३० जना प्रहरी खटाइएको छ । कोरिडोर सडक प्रयोग बढाउँदा मुख्य रुटमा सवारीसाधनको चाप कम हुने हुँदा जाम घट्ने आशा लिइएको भट्टराईले बताए ।

पछिल्ला समयमा ट्राफिक व्यवस्थापन फितलो बन्दै गएको जनगुनासो बढ्दै गएको छ । यसअघि सञ्चालन भएका कतिपय ट्रापिक सम्बन्धीका कार्यक्रम रोकिएका छन् भने विगतकै अभियानको निरन्तरतास्वरुप बेलाबेलामा स्वयंसेवक परिचालन गरिएको बाहेक नयाँ कार्यक्रम खासै देखिएको छैन ।

यद्यपि महाशाखाले कोरिडोर व्यवस्थापन समूह खटाएर एउटा नयाँ कार्यक्रमको थालनी गरेको छ । महाशाखा प्रमुख भट्टराईले उक्त समूहले कोरिडोरमा नखुलेको बाटो खुलाउने, अव्यवस्थितलाई व्यवस्थित बनाउने र आवागमन सहज बनाउनमा ती प्रहरीको जिम्मेवारी रहने जानकारी दिए ।

उपत्यकाको मुख्य कोरिडोर क्षेत्र विष्णुमति, वाग्मती, धोबिखोला र मनोहराको प्रभावकारी व्यवस्थापन गरी अधिकतम प्रयोगमा ल्याउन उक्त योजना लागू गरेको हो । खटिएका ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनमा मोटरसाइकलसमेत प्रयोग गर्नसक्ने छन् ।

महाशाखाले कोरिडोर सडकमा हुने सवारी चाप व्यवस्थापन, सवारी दुर्घटना क्षेत्रमा छिटो ट्राफिक परिचालन तथा अव्यवस्थित रुपमा हुने पार्किङलाई नियन्त्रण गर्ने मुख्य उद्देश्यसहित छुट्टै डेडिकेटेड टिम परिचालन गरेको जनाइएको छ ।

समूहले सवारी चालकलाई आफ्नो गन्तव्यसम्म पुग्न छोटो र सहज तरिकाले कोरिडोर सडक प्रयोग गर्न प्रोत्साहनसमेत गर्नेछ । करिडोर सडकको प्रयोगले मुख्य सडकमा हुने सवारी चापमा कमी ल्याउनुको साथै सवारी आवागमन तथा ट्राफिक व्यवस्थापनमा समेत सहजता प्रदान हुने अपेक्षा गरिएको छ ।

उक्त समूहले तोकिएको इलाकामा निरन्तर अनुगमन गरी सवारी आवागमनमा सहज बनाइ कोरिडोर सडक नियमित गर्ने, पुल तथा क्रसिङमा हुने चाप÷क्यूलाई व्यवस्थापन गर्ने र जथाभावी पार्किङ गर्ने प्रवृत्तिलाई निरूत्साहित गरी कोरिडोर सडक प्रयोग गर्ने परिपाटीको विकास गर्न भूमिका खेल्ने छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह

सर्लाही ।गैरसरकारी संस्था महासंघ नेपाल सर्लाहीसहित विभिन्न सामाजिक संघ-संस्थाहरूले विवाहको न्यूनतम उमेर २०

तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर

ढोरपाटन (बागलुङ)। अग्ला पहाड र थुप्रै जंघार पार गरेपछि पुग्न सकिन्छ ढोरपाटन ।

बाढीले बस्ती बगाएपछि चार महिनादेखि त्रिपालमुनिको बास

धुलिखेल। काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित खानीखोला गाउँपालिका– ६ चनौटे नयाँ बस्तीका प्रकाश सिङतान चार

वडामै योजना सम्झौता : समय र खर्चको बचत

म्याग्दी । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धौलागिरि गाउँपालिकाले घुम्ती